Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

प्रधानसम्पादक न्यौपाने विश्व साहित्य महासंघको सल्लाहकार चयन

नेपालगन्ज : बिश्व नेपाली साहित्य महासंघ नेपाल शाखा अन्तर्गत बाँके शाखाको पहिलो बैठक नेपालगन्जमा भएको छ । शाखा अध्यक्ष गीता अर्यालको अध्यक्षतामा भएको बैठकले शाखाको सल्लाहकार कमिटी समेत गठन गरेको छ ।

बाँके शाखा बैठकले सल्लाहकारमा समाजसेवी तथा साहित्यकार किरण आचार्य, सेतोखरी मिडिया प्रालीका अध्यक्ष तथा सेतोखरी दैनिक र ईसेतोखरी डटकम अनलाइनका प्रधानसम्पादक एंव्म नागरिक अगुवा कमल न्यौपाने, साहित्यकार कल्पना पौडेल, बालकृष्ण शर्मा र लेकबहादुर प्याकुरेललाई चयन गरेको अध्यक्ष अर्याले जानकारी दिइन ।

शाखाको पहिलो बैठकले आगामी असार २९ गते भानु जयन्तीका अवसरमा रचना वाचन र कृति समिक्षा लगायतका विविध कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।