Loading... आजः ११ असार २०७९, शनिबार ।। Saturday 25th June 2022

नेपालगन्जमा अघोषित लोडसेडिङ्ग, प्राधिकरणको कमिशन मोह

जेनेरेटर, इन्भटर र ब्याट्री पसलेबाटै कमिशन लिन्छन विजुलीका कर्मचारी, मारमा उपभोक्ता, चुपचाप सिडिओ अफिस

नेपालगन्ज : बाँकेको नेपालगन्ज, कोहलपुर बजारमा इन्भटर र जेनेरेटरको बिक्री बढ्न थालेको देखिएको छ । नेपाल विद्युत प्राधिकरणको मिलेमतो र संलग्नता तथा व्यसायीबाट आउने कमिशनको लोभमा यहाँको विजुलीमा अघोषित लोडसेडिङ्ग हुन थालेपछि इन्भटर, जेनेरेटर तथा ब्याट्रीको व्यापार बढ्न थालेको देखिएको हो ।

बिना कुनै सुचना झ्याप्प झ्याप्प बत्ती जान थालेपछि विद्युत प्राधिकरण नेपालगन्जजका विरूद्ध यतिबेला सामाजिक सन्जाल र सडकबाटै विरोध उठेको उपभोक्ता बताउँछन ।

पश्चिमको प्रमुख शहर नेपालगन्ज र तीनवटा प्रदेशको संगम बजार कोहलपुरमा विगत केहि दिनदेखि विद्युत आपुर्तिमा समस्या सृर्जना भएको गुनासो दिन प्रतिदिन बढदै गएको छ ।

नेपाल विद्युत प्राधिकरणले इन्भटर, जेनेरेटर र ब्याट्री व्यवसायीबाट मोटो रकम कमिशन लिएर विद्युत अबरोधमा सहयोग गरेको भन्दै यतिबेला सामाजिक सन्जालमा बिभिन्न खालका टिका टिप्पणी हुन थालेका छन ।

विजुली आपुर्तिमा गडबढ देखिदा स्थानीय सरकार वा नेपालगन्ज उपमहानगरपालिका माथि नै गम्भीर प्रश्न सृर्जना गर्दै प्राधिकरणले अघोषित लोडसेडिङ गरेको उपभोक्ताको भनाई छ । उपभोक्ताका अनुसार प्राधिकरण कमिशनमा लागेपनि स्थानीय सरकार उदासीन देखिएको छ ।

बिधुत आपुर्तिमा कुनै पनि समस्या नभएको र विभिन्न ठाउँमा बिजुलीको संरचना मर्मतसम्भार गर्नुपरेको कारणले गर्दा सम्बन्धित स्थानमा बिजुली काट्नु परेको नेपाल बिद्धुत प्राधिकरण नेपालगन्जले स्पष्टीकरण दिने गरेको छ ।

केहीदिन अघि नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जीवी ओली लगायतको टोलीले प्राधिकरणमै पुगेर यहाँको विद्युतकाबारे गुनासो राखेको थियो । तर, विद्युतले कमिशनको चक्कर तोडन नसकेको कारण उपभोक्ता र नागरिक समाजको गुनासो समेत सम्बोधन गर्न नसकेको खुलेको छ ।

बिजुली बारम्बार जान थालेपछि बाँकेका उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यो बेला यो कारणले यति समय लाइन काटिने छ भनेर विद्युत् प्राधिकरणले पूर्व सूचना नै नदिई बत्ती काटिदिँदा उपभोक्ता माझ शंका बढेको नेपालगन्जका उपभोक्ता दीपक खनाल बताउँछन ।

उनकाअनुसार कतै इन्भटर, सोलर जस्ता बैकल्पिक बाटोबाट कमिशनको खेल हुन लागेको त होइन भने जस्ता प्रश्नले उपभोक्ताको सामाजिक सन्जाल भरिएको छ । यतिबेला नै इन्भटर र जेनेरेटरको व्यापार फस्टाएको छ ।
इन्भटर र जेनेरेटरको व्यापार पछिल्लो केही हप्तादेखि व्यवसाय ह्वात्तै बढेको देखिएको छ ।

व्यापारीहरुका अनुसार इन्भर्टरको ब्यापार बढ्नुमा सबैभन्दा ठूलो कारण अनियमित लाइन काटिने क्रम बढ्नु हो । पछिल्ला दुई हप्तामा लाइन काटिने क्रम ह्वात्तै बढेकाले उपभोक्ताले फेरि इन्भर्टर र जेनेरेटर खोज्न थालेको नेपालगन्जका व्यवसायी बताउँछन ।

बाँकेमा लाइन जाने क्रम चुलिएपछि डराएर ग्राहक पुरानो इन्भर्टरको ब्याट्री फेर्न बढी आउन थालेको व्यवसायी राजन न्यौपाने बताउँछन । ब्यापार बढेर मौज्दातमा रहेका जेनेरेटर बिक्री हुन थालेपछि नेपालगन्जका कतिपय व्यवसायीले अनलाइन विज्ञापन नै गर्ने गरेको देखिएको छ । तर, यस बिषय बाँके प्शासन समेत चुपचाप देखिएको छ । सायद कमिशनको स्वाद बाँके सिडिओ अफिससम्म पनि पुगेको हुनसक्ने नागकिरको आँकलन छ ।