Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

सिद्धबाबा जाली उद्योग : ६ महिनामा १५ करोड कारोवार

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका ६ मा रहेको सिद्धबाबा वायर एण्ड फेन्सिङ्ग इन्डष्ट्रिज प्रालीले स्थापनाको ६ महिनामा १५ करोडको कारोवार गरेको छ ।

करिब १० करोडको लागतमा समाजसेवी मिनबहादुर मल्लसहितको पाँच जना युवाले स्थापना गरेको उक्त उद्योगमा १५ करोडको कारोवार हुँदा अहिलसम्म करिब १५ लाख जति आम्दानी गरिसकेको छ ।

उद्योगले तटबन्ध, सडक निर्माण साथै जग्गा र घरघेरवारका लागि आबश्यक पर्ने निर्मित ग्याविन जाली र फेन्सिङ्ग जाली उत्पादन गर्दै आइरहेको उद्योगका सन्चालक मीनबहादुर मल्ल बताउँछन ।

बाँके बर्दियासहित लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई लक्षित गरिएको उक्त उत्पादन आबश्यकता र माग अनुसार देशैभरी ढुवानी गर्न सकिने उनी बताउँछन ।

अत्याधुनिक मेशिनबाट उत्पादन हुने उक्त जाली उद्योगमा ३० जना नागरिकले रोजगार पाएको उद्योगका प्रबनध निर्देशक समेत रहेका सन्चालक मल्ल बताउँछन ।

यसअघि लामो समय सरकारी सेवामा रहेका मल्लले जागिर रिटायर्ससँगै केही युवाहरूको सहयोगमा उक्त उद्योग सन्चालनमा ल्याएका हुन ।