Loading... आजः ११ असार २०७९, शनिबार ।। Saturday 25th June 2022

रहस्यमै हिरासतमा थुनुवा मृत्यु प्रकरण

छानबिनै छैन त कहिले सकिएला पुलिसको अनुसन्धान ? कहिले पाउलान पीडितले न्याय ? किन चुपचाप छन अधिकारकर्मी ?

नेपालगन्ज : बाँकेको इलाका पुलिस कार्यालय कोहलपुरको हिरासतमा केही साताअघि एकजना थुनुवाको मृत्यु भएको घटना सार्वजनिक भएको थियो । केही साताको अन्र्तरमा फेरि अर्का एक जना थुनुवाको हिरासतमा मृत्यु भएको पनि घटना सार्वजनिक भयो ।

सातादिनमा बाँके र रोल्पामा गरी दुई जना थुनुवाले हिरासतमै ज्यान गुमाएका थिए । तर यसको छानबिन तथा अनुसन्धान अहिलेपनि हुन सकेको देखिदैन ।

तत्कालिन अवस्थाका बाँकेका एसपी श्यामकृष्ण अधिकारी कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल लगायतका सुरक्षा निकायका अधिकारीले यी घटनाको तत्काल छानबिन र अनुसन्धान हुने र घटनाका बारे सत्य सार्वजनिक गरिने बताएका थिए ।

कोहलपुर नगरपालिका–१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । हिरासत कक्षबाट ट्वाइलेट गएका उनले ट्वाइलेटको भेन्टिलेलेटरमा टि–सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।

कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो ।

घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि शव भेरी अस्पताल पठाइएको बाँकेका डिएसपी तथा पुलिसका प्रवक्ता मधुसुदन न्यौपानेले बताएका थिए । अस्पतालको पोष्टमाटम रिर्पोट के आयो भन्ने समेत अहिले पुलिसले सार्वजनिक गर्नसकेको छैन ।

यसैबिच नेपालगञ्ज–२ घरबारी टोलका सुन्दर हरिजनको पनि रोल्पा कारागारको ट्वाइलेटमै झुण्डिएर मृत्यु भएको छ ।कारागारमा रहेका विजय विक्रमको सजाय हरिजनलाई भुक्तान गर्न लगाई विजय विक्रम भने कारागारबाट रिहा भइसकेका छन् ।

यस घटनाका बारे पनि अहिलेसम्म वास्तविक छानबिन र अनुसन्धान हुन सकेको देखिदैन । यसरी अनुसन्धान भएर तत्काल सत्य कारण सार्वजनिक नहुँदा पीडित र उसका परिवार उचित न्यायबाट बन्चित भैरहेका छन ।
प्रहरी हिरासतमा मृत्यु भएको घटनाले बांके प्रहरी मातहतका प्रहरी हिरासत कक्ष अब बिस्तारै मृत्यु कक्षको रुपमा परिणत हुदै गएको घटना बिवरणले बताउदै गइरहेको छ ।

केही समयअघि बाँकेको राप्तीपारी भोजभगवानपुरमा पनि प्रहरी हिरासतमा लिएका बाँकेको नरैनापुर गाउँपालिका वडानम्वर ५ का ३५ बर्षिय रामपाल यादबको मृत्यु भएको थियो । उक्त घटना पनि रहस्मय देखिएको छ ।

केही महिना अघि बाँके जिल्ला प्रहरी हिरासत कक्षमा झुण्डिएको अवस्थामा दुई जना कैदी बन्दीको मृत्यु भएको थियो । बाँकेमा यसरी ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।

सुरक्षाको ग्यारेन्टी लिएर थुनामा राखिएका व्यक्तिकै यसरी ज्यान जानु गम्भीर घटना हो । यसको सरकारी निकायले जति ढाकछोप गरेपनि आफन्तले अधिकाशं घटनामा मृतकको शरिरमा निलडाम देखिएको दाब ि गर्दै आएका छन ।

यद्दपी अहिलेपनि यी कुनै घटनामा छानबिन तथा अनुसन्धान भएको छैन । बाँके पुलिसका प्रवक्ता न्यौपाने जहिले पनि रेडिमेट जवाफ अनुसन्धान भैरहेको छ भन्दा थप प्रतिक्रिया दिदैनन ।

अघिपछि ठुला स्वरमा कराउँने मानवअधिकारकर्मी र राष्ट्रिय मानवअधिकार आयोग समेत यी र यस्ता घटनामा यतिबेला चुपचाप देखिएको छ । बाँकेमा दर्जनबढी अधिकारकर्मी बन्दका बेला निला, पहेला जाकेटधारी बनेर सडकमा भौतारिने गरेका छन । तर, यस्ता घटनामा उनीहरूको आवाज खुलेको देखिदैन ।