Loading... आजः ११ असार २०७९, शनिबार ।। Saturday 25th June 2022

मकैजोनमै छैन सरकारको ध्यान : मल अभावले उत्पादनमा गिरावट

हिरमिनिया (बाँके) : बाँकेको डुडुवा गाउँपालिकास्थित हिरमिनियामा रहेको मकैजोन क्षेत्रको मकैबालीमा यतिबेला उत्पादन खस्कदो गतिमा देखिएको छ । मकैखेती गर्दा सरकराले यहाँ आबश्यकता र माग अनुसारको मल उपलब्ध गराउँन नसक्दा यहाँको बाली उत्पादन खस्कदै गएको हो ।

हिरमिनिया क्षेत्रमा आउने भारतीय मल गुणस्तरहीन रहेको र बाध्यताबस सो मल प्रयोग गर्दा उत्पादनमा मात्रै नभई जमिनको माटो नै बिर्गारदिने गरेको अर्का किसान गुरूदिन यादव बताउँछन ।

उनकाअनुसार आफुले गाएको तीन विगाह मकै खेतमिध्ये आधाबढी खेतमिा अहिले उत्पादन घटने देखिएको छ । मलकै अभावले मकैको बुट्यान सानो हुनुका साथै मकैको घोका नै कतै सानो छ त कतै फलेकै देखिदैन ।

गाईभैसीको मलले नपुग्ने सरकारले समयमा यूरिया र डिएपी मल उपलब्ध नगाराउने गरेसँगै विगतको तुलनामा अहिले उत्पादन घटने देखिएको स्थानीय किसान यदुराज मिश्रा बताउँछन ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गरिएको मकै जोन कार्यक्रममा सरकारको ध्यान जान नसक्दा किसानले परेसानी भोग्नु परेको उनी बताउँछन ।

पाँच वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरूआती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टरमा मकै खेती गरेका थिए । तर अहिले सरकारकेै लापरवाही र उदासीनताले मकैजोनमै मकैकोखेती गर्ने किसान र जमिनको संख्यामा कमी आउन थालेको छ ।

विगत तीन बर्षको अवधीमा ७७ कृषक समूहले ७ सय २२ हेक्टर क्षेत्रफलमा मकै खेती गरेको रकेर्ड भएपनि अहिले उक्त संख्या घटेको देखिएको छ । तीन वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका झण्डै दुई हजारभन्दा बढी कृषक आबद्ध भएका छन् ।

शुरूआती चरणमा परियोजनाअन्तर्गत किसानलाई आधुनिक उपकरणलगायत मल र प्राविधिक सहयोग गरिँदै आएपनि अहिले माग अनुसारको माग समेत पाउन मुस्किल भएको हिरमिनियाका अर्का किसान राजेश नाउ बताउँछन ।

नेपालगन्ज उपमहानगरपालिकाको सात वडा तथा डुडुवा गाउँपालिकाको चार वडालाई परियोजनाभित्र समेटिएको छ । परियोजनाले समेटेकामध्ये धेरै ठाउँमा लगाईएको मकै खेती राम्रो देखिएको छैन ।

यसअघि मकै जोन कार्यक्रम रहेको हिरमिनियामा अमेरिकन फौजिकिराको प्रकोप देखिएको थियो । यसले पनि सो समयमा मकै उत्पादन सोचे अनुसार हुन नसकेको किसान बताउँछन ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तथा कृषि ज्ञान केन्द्र बाँके समेत अहिले यहाँका किसानलाई समयमै माग अनुसारको प्रविधि र मल उपलब्ध गराउने तर्फ गम्भरि हुन सकेको देखिदैन ।