Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

ईसेतोखरी समाचार प्रभाव : आफनै शाखामा फकाईए उपमहानगरका कर्मचारी

नेपालगन्ज : ‘ईसेतोखरी डट कम अनलाइनमा’ बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा भैरहेको कर्मचारीको हालिमुहालीका बारे पटक पटक समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाले कर्मचारीको जिम्मेवारीमा हेरफेर गरेको छ ।

यसअघि पहुँच र राजनीतिक शक्तिका आडमा आफनो शाखा छोडेर अन्यत्र वा आम्दानीमुलक शाखामा जमेर बसेका केही कर्मचारीलाई आफनै शाखामा फिर्ता गरिएको छ ।

यसअघि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत लगायतको पहुँच र काँग्रेसको आडमा आयुर्वेद शाखाका बैद्यलाई जिन्सीसँगै स्वास्थ्य शाखाका जागेश्वर बस्नेतलाई योजना र केही अन्यलाई विभिन्न शाखामा पठाइएको थियो ।

यस बिषयमा सेतोखरी मिडिया प्राली अन्र्तगतको ईसेतोखरीले पटकपटक उपमहानगरपालिकाको ध्यानाकर्षण गराउँदै आएको थियो । जसको प्रभावले अहिले उनीहरूलाई पुरानै जिम्मेवारी फर्काईएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा अहिलेपनि कर्मचारीको मनोमानी चलिरहेको छ । यसको रोकथाममा मेयर प्रशान्त विष्ट र उपमेयर कमरूद्धिन राईको ध्यान जान जरूरी देखिएको छ ।


सम्बन्धित समाचार