Loading... आजः ११ असार २०७९, शनिबार ।। Saturday 25th June 2022

नागरिकमाथि पुलिसको दमन

धम्बोझीमा झडप १५ पुलिसहित दर्जन नागरिक घाईते, नागरिकलाई तार्गेट गर्दै पुलिसको हवाईफायर

नेपालगन्ज : बाँके पुलिसले धम्बोझीमा नागरिकमाथि चरम दमन गरेको देखिएको छ । पुलिसले नागरिकमाथि गोली समेत बर्षाएको छ । सिधै छातीमा नहानेपनि हवाईफायर गरेर नागरिकलाई तनावग्रस्त बनाएको देखिएको छ ।

राप्रपाका कार्यकर्ताले पुरानो एतिहासिक वीरेन्द्रचोकमा राजा विरेन्द्रको सालिक राख्न लागेका बेला पुलिसले एक्कासी दमन गरेको हो ।

पुलिस दमनका विरूद्ध नानगरिक उत्रिएपछि बाँकेका एसपी श्यामकृष्ण अधिकारीको ठाडो निर्देशनमा नागरिकलाई तार्गेट गरी केही राउण्ड गोली हवाई फायर गरिएको नागरिक बताउँछन ।

आम नागरिकको माग र चाहना अनुसार राप्रपाले यसअघि त्रिभुवन चोकमा राजा त्रिभुवनको सालिक राखेको थियो । अहिलेपनि सोही अनुरूप वीरेन्द्रको सालिक राख्दा पुलिसले दमन गरेको छ ।

तर, नागरिक माथि यसरी पुलिस दमन हुँद नेपालगन्जका जनप्रतिनिधी चुपचाप देखिएका छन । नागरिक सबैका साँझा हुन उनीहरूमाथि गोली बर्षिदा जनप्रतिनिधी चुपचाप हुनु विडम्बना हो एक जानकारले भने ‘पुलिसको दमन अति भो ।’

पुलिसले ५ राउण्ड हवाई फायर गरेको राप्रपाका सहमहामन्त्री ऋषि देवकोटा बताउँछन । नागरिक र पुलिसबचि केहीवेर झडप समेत भएको छ । यसले धम्बोझी केहीबेर तनावग्रस्त बनेको छ ।

झडपमा १५ पुलिससहित दर्जनबढी नागरिक घाइते भएका छन । धम्बोझीको आक्रोशित भिडले न्यूरोडमा रहेको सेतुविक चोकमा तोडफोड गरेको छ । यो कार्य भने गलत भएको जानकार बताउँछन ।