Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

नेपालगन्ज उपमहानगर : आन्तरिक विवाद चुलिदैं

अग्नी परिक्षामा मेयरसहितका जनप्रतिनिधी, कर्मचारी समेत दलिय भागबण्डामा

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित गठबन्धन दलबिच नै आन्तरिक विवाद देखिएको छ । स्थानीय तहको चुनाउ सकिएर मेयर उपमेयर तथा जनप्रतिनिधीले पदबहाली गरेसँगै नेपाली काँग्रेस जसपाबिच आन्तरिक विवाद र असहमति देखिएको छ ।

यसले मेयर लगायतका उपमहानगरपालिकाका जनप्रतिनिधीलाई असफलता तर्फ धकेलिरहेको देखिएको छ । मेयर र उपमेयरबिच नै शुरूआती चरणमा यसरी विवाद देखिएपछि पाँच बर्षको यात्रा असफल हुने देखिएको छ ।
उपमहानगरको कार्यपालिका गठनसँगै मेयर र उपमेयरले प्रयोग गर्ने सवारी साधन लगायतका बिषयमा अहिले नै विवाद बढिसकेको नगरपालिका स्रोत बताउँछ ।

सस्तो लोकप्रियताका आधारमा पहिलो दिन नै राज्यको नीति भित्र पर्ने कार्यक्रम, जेष्ठ नागरिकलाई घरदैलोमा भत्ता दिने, भुईतलामा अफिस नसारेर तीनतले घरमा लिफ्ट राख्ने लगायतका अस्वभनिय निर्णय गरेर विवादमा आएका मेयर प्रशान्त विष्ट अहिले उपमेयरसँग्ेको विविध असहमति र सवारी साधनलाई लिएर चर्को विवादमा देखिएका छन ।

पदबहाली भएको एक महिना नहुँदै जनप्रतिनिधीबिच नै यसरी आन्तरिक विवाद हुँदा उपमहानगरले पाँच कसरी जनसेवा प्रदान गर्ला ? यतिबेला आम नागरिको प्रश्न बनेको छ ।

पालिकामा लगभग बहुमत हुँदाहुदै पनि काँग्रेस यतिबेला टेलिभिजनका रूपमा उभिएको छ । जसको रिमोट जसपाका राईको हातमा देखिएको छ । रिमोट अन्तै भए खोक्रो टेलिभिजन त्यसै खुल्दैन भने झै इस्त्याक राईको इशरामा कमरूद्दिनले रिमोट च्यापेर राखेरपछि सपथ ग्रहणकै दिन काँग्रेसलाई झटारो लागेको देखिएको छ ।

जसपाकै इशरामा भद्रगोल आयोजित सपथ कार्यक्रमका हरेक गतिविधी नजिकबाट निहाल्दा उपमहा नगरपालिकामा अबको पाँच काँग्रेस टेलिभिजनको तर रिमोट चलाउने अधिकार जसपाले खोसिसकेको देखिएको छ ।

यतिबेला मेयर विष्ट सहितका जनप्रतिनिधी नागरिको अग्नी परिक्षामा छन । मेयर काँग्रेस उपमेयर जसपा भएपछि अहिले उपमहनागरका कर्मचारी समेत भागबण्डा हुँदै छ । आन्तरिक रूपमा को कर्मचारी कसको नजिक भएर व्यक्तिगत लाभ लिने भन्नेमा लागि परेका छन ।

जसको पछिल्लो उदाहरण काँग्रेस भएकै कारण चेवनपरास बाँडने बैद्यलाई उपमहानगरको जिन्सी दिनु पनि एक हो । पहुँच र राजनीतिक आडमा धेरै कर्मचारीले यस्ता फाँट तथा हचुवामा नीति विपरितका जिम्मेवारी पाएको देखिएको छ । तर, यस बिषयमा मेयर विष्ट समेत चुपचाप देखिएका छन ।