Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

कहिले सुध्रिएला ? परसपुर – गौघाट सडक

बर्षातमा सडकैभरी पाखरी, हिउँदा धुलोको शिखर, नागरिकलाई सास्ती

नेपालगन्ज : बाँकेको परसपुरदेखि गौघाट जोड्ने १३ किलोमिटर पक्की सडकको मुहार यतिबेलासम्म पनि फेरिएको छैन । यसको मर्मत तर्फ अहिलेपनि कसैको ध्यान जान सकेको देखिदैन ।

यो सडक दैनिक जीर्ण बन्दै गएको छ । यसको मर्मत सम्भार तथा निर्माणका लागि सम्बन्धीत निकाय उदासिन देखिएको छ । यसले यस सडकमा आवतजावत गर्ने सवारी साधन र आमनागरिकलाई सास्ती हुँदै आएको छ ।

जताततै सडकमा खाल्डाखुल्डी छन् । पानी पर्दा ती खाल्डाखुल्डीमा पानी जम्ने र सडक नै जलमग्न हुने गरेको छ । कालोपत्रे उत्रिएको ठाउँमा त सडक हिलाम्मे हुँदा तीब्र गतिमा गुडिरहेका कतिपय सवारी साधन चिप्लिएर दुर्घटना समेत पर्ने गरेका छन् ।

सडकको अवस्था दयनिय छ । तीन मिटर कालोपत्रे गरिएको उक्त सडकमा अहिले कालोपत्रे उत्रिएर एकदेखि डेढ मिटरमा सिमित छ । कतिपय ठाउँमा त त्यहि पनि छैन् । जानकी र खुजरा गाउँपालिका भित्र पर्ने उक्त सडक मर्मत तथा पुन निर्माणका लागि दुवै गाउँपालिका उदासिन छन् ।

सडक डिभिजन कार्यालय समेत यस बिषयमा गम्भीर हुन सकेको छैन् । उक्त सडक निमार्णका लागि खजुरा तथा उक्त सडक क्षेत्रका नागरिक समेतले चासो देखाएका छैनन् । यसको मर्मतका लागि कुनै पहल गर्न नसकेको स्थानीय ऋषि पोखरेल बताउँछन् । स्थानीयबासी ऋषि पोखरेलले सडक सुधार हुनुपर्नै माग गर्देै आएका छन ।

त्रिबर्षिय योजनामा परेको भनिएको उक्त सडक र सडकको नामको बजेट अहिलेपनि खर्च हुन सकेको छैन् । विनियोजित बजेट अलपत्र छ । जनताले सास्ती भोगिरहेका छन् । जीर्ण परसपुरदेखि गौघाट सडक विस्तार र सुधारको पखाईमा छ ।


सम्बन्धित समाचार