Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

भेरी अस्पताल उत्कृष्ट : मेसु चन्द र मेट्रोन दुर्गालक्ष्मी देशकै ‘आइकन’ लिडर

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको रिफरल सेन्टर हो । यहाँका सबै जिल्लाबाट सामान्यदेखि जटिल रोगको उपचारमा विरामी हरेक दिन नेपालगन्जमा आउने गरेका छन ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल यो वर्ष पनि संघीय अस्पतालमध्ये सबैभन्दा उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरीका विभिन्न अस्पतालको मूल्याङ्कनमा भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो ।

मूल्याङ्कनका क्रममा अस्पताको लेखा प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको विभाग बताउँछ ।

मूल्याङ्कनका लागि मन्त्रालयको सहसचिवको टोलीनै अस्पतालमास्थलगत निरिक्षण गर्दै आउने चलन छ । आर्थिक वर्ष ०७८÷७९ मा भेरी अस्पतालले ६७ अंक प्राप्त गरेको अस्पतालका मेसु डाक्टर वीरेन्द्रबहादुर चन्द बताउँछन । गएको वर्ष पनि भेरी अस्पतालले ६१ अंक ल्याएको थियो ।

करिब दश जना फिजिसिनयन, दर्जनबढी मेडिकल अफिसर, दक्ष सिनियर नर्स र दुई दर्ज बढी नर्स तथा जुनियर नर्स कार्यरत भेरी अस्पताल पछिल्ला समय देशकै नमूना र प्रभावकारी सेवा प्रदायक संस्था बनिरहेको छ । अस्पताल मात्रै होइन भेरी अस्पताल प्रमुख बिरेन्द्रबहादुर चन्द र अस्पताल नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ यतिबेला देशकै आइकन बनेका छन ।

तत्कालिन अस्पताल प्रमुखमा प्रकाशबहादुर थापा रहँदा देशभरकै उत्कृष्ट बनेको भेरी अस्पतालले यतिबेला पनि मेसु बिरेन्द्रबहादुर चन्दको अथक परिश्रम मेहनत र लगावले विगतको भन्दा थप अंक प्राप्त गरी सोही स्थान ओगटेको छ । यसले पश्चिम नेपालका आम नानगरिकको विश्वास भेरी प्रति बढेको देखिएको छ ।

अस्पताल प्रशानको बागडोर सम्हालेका मेसु चन्द र नर्सिङ्ग क्षेत्रका कमाण्डर श्रेष्ठको अस्पतालप्रतिको लगाव अस्पतालको समग्र विकासमा दीर्घकािलन सोच र योजना, कार्यसम्पादकनमा सक्रियता अन्य कर्मचारी तथा चिकित्सकको सहयोगले भेरी अस्पताल उत्कृष्ट मात्रै होइन आइकन अस्पतालका रूपमा स्थापित भएको छ ।

यसरी बर्षेनी उत्कृष्ट आइकन बनिरहेको अस्पतालको साख जोगाई राख्न आगामी दिनमा पनि गुणस्तरीय र प्रभावकारी सेवा प्रदायक निकायका रूपमा अस्पतालले आफनो कर्म छोडन हुँदैन ।