Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

स्थानीय चुनाउ : एमालेका उम्मेदवारबाट घुस लिने एमालेकै नेताको बन्दै लिष्ट, फोटोसहित सार्वजनिक गरिने

नेपालगन्ज : केही साताअघि सकिएको स्थानीय तहको चुनाउमा एमाले बाँके पत्तासाप भएको छ । यसको कारण भनेकै नागरिकप्रतिको एमालेको उदासीनता र आपसी द्धन्द्ध तथा असुली नै देखिएको छ । मोटो रकम लिएर आफनै दलका उम्मेदवारलाई पराजित गराउने आन्तरिक अभियानमा केही केन्द्रीय सदस्यदेखि एमाले पदाधिकारी नै लागेपछि यतिबेला बाँकेमा एमाले पत्तासाप भएको नागरिकको ठहर छ ।

अहिले एमालेका वडापालिकादेखि गाउँ र नगरपालिकाका उम्मेदवार एमालेकै जिल्ला, प्रदेश र केन्द्री तहका नेताले मोटो रकम लिएको व्यापक चर्चा चलिरहेको छ । बस्ती, टोल गाउँ शहरमा यस्तो चर्चा चलेपनि एमाले बाँके इन्चार्ज सुर्य ढकाल लगायतका केही जिम्मेवार नेताहरू चर्चा अनुसार कसले कुन व्यक्तिबाट कति रकम लिओ ? यसको खोजिमा लागि रहेका छन ।

केही जिम्मेवार नेता तथा वडादेखि उपमहानगरपालिकासम्मका उम्मेदवारले आफैले फलानोलाई यति हलानोलाई यति रकम दिएको भन्दै सार्वजनिक गर्न थालेको देखिएको छ । यतिसम्मकी सिधै माग्न नसकेपछि केह िजिल्ला तहका नेताले छोराछोरीको नाम लेखाउन सकिएन, ड्रेस किन्न सकिएन, घर खर्च भएन भनेर समेत ५ हजारदेखि कँही १८, २० हजार त कँही लाखसम्म रकम लिएको खुलेको छ ।

प्रदेश र केन्द्रीय तहका केही नेताले टिकट दिनेबेलैमा २० लाखसम्मको रकम असुली गरेको एमालेकै एक स्रोत बताउँछ । नेताको तह हेरेर जिल्ला तहमा ५ हजारदेखि तीनलाखसम्म प्रदेशमा ५ लाखदेखि २० लाखसम्म र केन्द्री तहका नेतालाई बाँकेका केही उम्मेदवारले ५ लाखदेखि २० लाखसम्म रकम दिएको पनि यतिबेला चर्चा चुलिएको छ । तर, यसको खोजि नीति कसले कहिले गर्ने यस बिषयमा एमाले बाँके उदासीन देखिएको छ ।

यद्दपी बाँके इन्चार्ज ढकालले भने बाहिर भैरहेको चर्चाका बिषयमा सुस्मअध्ययन गरी सत्य पत्ता लागे रकम दिने र लिन दुबैलाई कानूनी कारवाही गर्ने बताउँछन । उनकाअनुसार यस बिषयमा खोजी र अध्ययन शुरू भैसकेको छ ।

जो जसले रकम लिएर चुनाउमा अन्र्तघात गरेको पुष्टि हुँन्छ उसलाई कारवाही गरिने र सार्वजनिक रूपमे उसको फोटो समेत सार्वजनिक गरि सार्वजनिक बहिस्कार गर्नुपर्ने तथा जिम्मेवारीबाट हटाईनुपर्ने एमाले बाँकेका कतिपय नेता, कार्यकर्ताको माग रहेको छ ।

यसअघि आर्थिक लेखाजोखा तथा अन्य गतिविधीको छानबिन गर्न सचिव रत्न खत्रीको संयोजकत्वमा बनेको कार्यदलले अहिलेसम्म कुनैपनि काम अघि बढाउन नसकेको जिल्ला कमिटी बाँके स्रोत बताउँछ । यसले पनि एमाले बाँकेमा आर्थिक चरम घोटाला भएको पदाधिकारी देखि जिल्ला तहका अन्य केही नेताको मिलमतो रहेको हुनसक्ने जानकार बताउँछन ।

एमालेले विगतका बर्षको चुनाउमा उठेको रकम, संगठित सदस्यको लेवी तथा विविध निहुँमा संकलन गरिएको लाखौं बराबरको रकम कहाँ छ ? कसरी राखिएको छ ? कति छ ? भन्ने बारे लामो समयदेखि सार्वजनिक सुनुवाई समेत गर्न सकेको देखिदैन ।

अहिलेको स्थानीय चुनाउमा समेत कति रकम कहाँबाट संकलन गरियो उक्त रकम कहाँ कसरी खर्च गरिओ भनेर सार्वजनिक गर्ने बारे समेत एमाले बाँकेको आर्थिक विभाग उदासीन छ । यो सबै रकमको बारे लेखाजोखा गरेर यथार्थ विवरण सार्वजनिक रूपमै नागरिकसामु ल्याउन एमाले नेता, कार्यकर्ता तथा शुभचिन्तकले माग गर्दै आइरहेका छन ।