Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

मेयर प्रशान्तलाई खुल्लापत्र : ‘लिफ्ट होइन भुईतलामा अफिस सारौ’

हेरिने होइन देखिने कामको जनपखाई, उपमहानगरमा कर्मचारीको मनोमानी र लुटतन्त्र अन्त्य जनअपेक्षा

नेपालगन्ज : बाँकेको नेपालगन्जको मेयरमा भर्खरै निर्वाचित भएर काँग्रेसका प्रशान्त विष्टले पदबहाली गरेका छन । उपमेयरमा जसपाका कमरूद्दिन राई छन । वडापालिकामा काँग्रेस, एमाले, जसपा, राप्रपा लगायकता दलको प्रतिनिधीत्व छ । सबै निर्वाचित जनप्रतिनिधीले सपथ लिएर कार्यजिम्मेवारी सम्हाल्दै पदबहाली गरिसकेका छन ।

यस अवधीमा नेपालगन्ज नगरपालिकाका मेयर विष्टको नेतृत्को जनप्रतिनिधीको टिमले पहिलो बैठकमा विविध निर्णय गरेको छ । यी निर्णयहरू महत्वाकाक्षीसँगै पुरा हुन र नहुने गरी दुई भागमा बाँडन सकिन्छ ।

मेयरको अध्यक्षतामा बसेको पहिलो बैठकको पहिलो निर्णय नै गलत भएको देखिएको छ । नगरपालिकालाई अपाङ्ग, जेष्ठनागरिक महिला र नागरिकको सिधा पहुँचमैत्री बनाउँन नगरपालिकामा लिफ्ट बनाउने निर्णय नै सरासर गत देखिएको छ ।

नगरपालिकामा करोडौंको बजेट खर्चेर लिफ्ट बनाउँन भन्दा राज्यको नीति अनुसार दुई तलामा रहेका मेयर, उपमेयर र तीन तलामा रहेको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष भुईतलामा सार्नु नै सबैभन्दा उपयुक्त हुने देखिएको छ ।

जसले यहाँ करोडको लगानीमा तीनतले भवनमा लिफ्ट पनि चाहिदैन भुईतलामा नागरिकले सहज मेयर उपमेयर र हाकिम भेटने पहुँचपनि राख्छन । यस बिषयमा निर्णय पुर्नविचार अबस्थामा लौजान आवश्यक देखिएको छ ।

अर्को नगरपालिकाले गौशालको मुहरा फेर्ने नभई नेपालगन्ज सडकमा छरिएका चौपायाको दिर्घकालिन व्यवस्थापनमा बारे दीर्घकालिन योजना बनाउनुपर्छ । दुईचार दिनको भौकालभन्दा दीर्घकालिन योजान बनाई अघि बढन जरूरी छ ।

नेपालगन्ज उपमहानगरमा देखिएका अव्यवस्थित सार्वजनिक शौचालयलाई व्यवस्थापन गर्नु, भाडामा दिइएको नगर बस नगरपालिकाले नै चलाउनु, अर्को आबश्यकता हो । सबैभन्दा महत्वपूर्ण त नगरपालिकामा रहेका कर्मचारीलाई बैद्यलाई जिन्सी र स्वास्थ्यकर्मीलाई योजना शाखा दिए झै जथाभावी जिम्मेवारी दिनु गलत देखिएको छ । यसमा हेरफेर गरि दरबन्दीमै आफनो जिम्ेमवारीमा रहेर कर्मचारीलाई काम लाउनुपर्छ ।

मेयर वा उपमेयर सबैका साझा हुन यसैले नगरमा राजनीतिक दाउपेचको आधारमा हुँदै आएको सेवा प्रवाहलाई रोक्नुपर्छ । यसअघिका जनप्रतिनिधीले गर्न नसकेका वा अपुरा रहेका योजनालाई पहिलो प्राथमिकता दिदै लामो समयदेखि ओझेलमा परेको नेपालगन्ज चक्रपथ र नेपालगन्जको जुमनाहदेखि कोहलपुर जोडने वाइपास रोडकोलागि पहल गर्नु आजका जनप्रतिनिधीको दायित्व हो ।

यसैले मेयर प्रशान्तले अब हेरिने होइन देखिने र दिर्घयोजानका काम गर्नसक्नुुपर्छ । जसका लागि आम नागरिक, बुद्धिजिवी लगायतको समन्वय गर्न र गराउन आबश्यक देखिएको छ ।

सुर्खेतरोडको मुख्य सडक चिल्लो बनाउने मात्रै उपमहनागरको भित्रि दयनिय बाटो, र ढलको तत्काल व्यवस्थापनमा ध्यान जान सक्नुपर्छ । रिक्सा तथा अस्तव्यस्त रहेको पार्किङ्गलाई व्यवस्थित बनाउन सरोकारवालासँग तत्काल समन्वय गरी प्रक्रिया अघि बढाउनुपर्छ ।

यी र यस्ता थमाम काम गर्न सकेमात्रै प्रशान्तले चुनाउमा मारेको ह्रयाटिङ्ग सार्थक हुनेछ । यसका लागि अहिलेदेखि नै ध्यान जाअ‍ोस बधाईसहित कार्यकाल सफताको शुभकाना छ ।