Loading... आजः ११ असार २०७९, शनिबार ।। Saturday 25th June 2022

बाँकेमा एमालेसहितका दल अपारदर्शी

दलको सम्पत्ति अथाह, स्रोत बेठेगान, एमालेमै लाखौं रकम घोटाला भएको आशंका, आर्थिक पारदर्शीताको माग

नेपालगन्ज : बाँकेका राजनीतिक दल, तिनका भ्रातृ संस्था र प्रतिष्ठानका नाममा अथाह सम्पत्ति छ । तर, त्यसको हिसाब अपारदर्शी देखिएको छ ।दलहरूले लेखा परीक्षणमा थोरै मात्रै सम्पत्ति देखाउने गरेका छन ।

बाँकेमा एमाले, कांग्रेस, जसपा, राप्रपा, राप्रपा नेपाल र माओवादीका चन्दा र कार्यकर्ताबाट उठ्ने लेबीका भरमा सञ्चालित दलहरूले कसरी यतिधेरै सम्पत्ति जोडे ? आम्दानीको स्रोत पनि पारदर्शी छैन ।बाँकेमा एमालेको त नेपालगन्जमा ६ कट्ठामा दुईतले भवन नै छ । काँग्रेस,माओवादी लगायतका दलले भवन नबनाएपनि जमिन जोडेको छन ।

बाँकेका दलले लामो समयदेखि पाटीको आर्थिक आयव्यय सार्वजनिक गरेको देखिदैन । कतिपय दल र यीनका भातृ संगठनले त आय व्ययको लेखाजोखा नै नराखेको भेटिएको छ ।नेकपा एमाले बाँके सबैभन्दा बढी अपारदर्शी देखिएको छ । काँग्रेस, माअ‍ोवादी, जसपा, राप्रपा, राप्रपा नेपाल लगायगतका दलहरू क्रमश अपारदर्शीको सूचीमा छन ।

बाँके एमालेले लामो समयदेखिको संगठित सदस्यले दिने गरेको सदस्यता शुल्क, मेचीकाली अभियान लगायतका विभिध अभियानमा संकलन भएको रकम, यसअघिको स्थानीय तह, प्रदेश र स.घीय चुनाउमा उठेको रकम, विभिन्न समयमा एमालेका भातृ संगठनले दिदै आएको सहयोग र नियमित सदस्यता नविकरण लगायत विविध कार्यक्रमा उठेको र उठाइएको लाखौं रकम अहलिेपनि कहाँ कति कसरी खर्च भयो ? कहाँ कुन अबस्थामा मौजाद छ ? भन्ने बारे पारदर्शी रूपमा हिसाब देखाउन सकेको छैन ।

एमाले बाँकेमा आर्थिक विभागको जिम्मेवारी विगत केही बर्षदेखि अशोक कर्माचार्यलाई दिदै आएको छ । विभाग प्रमुख कर्माचार्यले हरहिरासब पारदर्शी देखाउँनेतर्फ कुनै चासो नदेखाएको जिल्ला कमिटीकै सदस्य बताउँछन ।

अहिले पनि जागिरेशैलीमा आर्थिक विभागको बागडोर कर्माचार्यले नै सम्हालेका छन । तर, यहि स्थानीय तहमा कति रकम संकलन भयो ? कति कहाँ, कसरी, कसलाई केका लागि खर्च गरियो यसको समेत लेखाजोखा भएको देखिदैन ।

यसरी लामो समयदेखि पार्टीको आर्थिक लेखाजाखा नभएको दल अपारदर्शी भएको र व्यक्तिको सधै हालिमुहाली देखिएकोले यसअघि आर्थिक विभाग प्रमुख बदल्नुपर्ने आवाज समेत उठेको थियो । तर, अहिलेका अध्यक्ष किस्मत कक्षपतिको बलजोडका कारण फेरीपनि कर्माचार्य नै आर्थिक विभागमा रहेको एमाले स्रोत बताउँछ ।

हरेक संस्थाको आर्थिक पारदर्शीता अनिवार्य हुन्छ । यो सुशासनको पहिलो कर्म पनि हो । तर, बाँकेका राजनीतिक दलले यसको पालना गर्न सकेका छैनन । एमालेमा झै काँग्रेस, माअ‍ोवादी लगायतका दलमा पनि यहि समस्या देखिएको छ ।

यी कुनैपनि दलमा अहिलेसम्म आर्थिक हरहिसाब पारदर्शी सार्वजनिक हुन सकेको देखिदैन । यसले एमाले लगायतका सबै दलमा आर्थिक घोटाला भैरहेको प्रष्ट हुन्छ । तर, यसको पदाफार्सका लागि वा पारदर्शीका लागि सार्वजनिक सुनुवाई समेत गर्न ÷गराउन हरेक दलका जिल्ला कमिटी सदस्यदेखि पदाधिकारी र केन्द्रीय सदस्य समेत तै चुप मैचुपको अबस्थामा देखिएका छन ।

महिला आर्थिक कारोवारमा पारदर्शी हुन्छ भन्ने चलन रहेपनि काँग्रेसमा किरण कोइराला सभापति हुँदा समेत त्यो अवधीको आर्थिक आय व्यय पनि सार्वजनिक गरिएको छैन । एमालेमा त अशोक कोइरालादेखि सुर्य ढकाल हुँदै निरक गुरूङ्गबाट किस्मत कक्षपतिसम्म आउदा कुनैपनि समयमा आर्थिक पारदर्शीताको कुरै उठेको देखिदैन ।

यस बिषयमा बुझन खोज्दा एमाले आर्थिक विभाग प्रमुख कर्माचार्य, काँग्रेसका कोषाध्यक्षलगायतका केही व्यक्तिको फोन सम्र्पक हुन सकेन भने केहीले कुनैपनि प्रतिक्रिया दिएनन ।