Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

स्थानीय चुनाव : अफिसमा ताला ठोकेर भत्ता पचाउँदै बैजनाथका कर्मचारी

कर्मचारीलाई भक्ताको लोभ, विरामी सेवा प्रवाहबाट बन्चित, कर्मचारीमा मनोमानीतन्त्र उदासीन पालिका प्रशासकीय प्रमुख

नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरको सेवा बन्द गरिएको छ । भक्ताको लोभले गर्दा कर्मचारी निर्वाचनमा खटिएपछि बाँकेका केही स्वासथ्य संस्थामा तालाबन्दी नै गरिएको छ । यसले उपचारका  लागि हरेक विरामीले सेवा पाएका छैनन ।

बैजनाथ स्वास्थ्य चौकीका इन्चार्ज प्रेम शाहका अनुसार स्वास्थ्य संस्थाका ७ जना कर्मचारीलाई नै निर्वाचनमा खटाइएको छ । यसले पनि कार्यालयमा ताला लगाउनुको विकल्प देखिदैन ।

गाउँपालिकाको वनकटवा प्राथमिक उपचार केन्द्र, टिटिहिरिया र नौबस्ता स्वास्थ्य चौकीले बर्थिङ सेन्टर बन्द गरे पनि अनुकुल सेवा दिने भनेर सूचना प्रकाशन गरेको बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब लक्ष्मणराज शाही बताउँछन ।

उनकाअनुसार मतदान केन्द्र नजिकै भएका बर्थिङ सेन्टरमा बिरामीले फोन गर्दा सेवा दिने व्यवस्था गरिएको छ । कतिपय स्वास्थ्यकर्मीले दोहोरो सेवा दिएका छन्।

बैजनाथसहित नरैनापुर गाउँपालिका–४ नरैनापुर स्वास्थ्य चौकी समेत बन्द भएको अनुगमनमा भेटिएको राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झंकरबहादुर रावल बताउँछन ।

नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नागेन्द्रकुमार साहका अनुसार २८ देखि ३० वैशाखसम्म ३ दिन स्वास्थ्य संस्था बन्द गरेर सबै स्वास्थ्यकर्मीलाई जयरामपुर मतदान केन्द्रमा खटाइएको छ ।

नरैनापुरमा आधा दर्जन बर्थिङ सेन्टर छन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई नजिकैको मतदान केन्द्रमा खटाइएको र आवश्यक परेको खण्डमा स्वास्थ्य संस्थामा खटाइरहेकोे साह बताउँछन् ।