Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

रंगशाला : कहिले बन्ला सेन्थेटिक ट्रयाक ?

नेपालगन्ज : बाँकेको नेपालगन्ज रंगशालाको सेन्थेटिक ट्रयाक निर्माण नहुँदा खेलाडी समस्यामा परेका छन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने बेला नै बनाउँनुपर्ने सेन्थेटिक ट्रयाक तत्कालिन क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिको उदासीनताले अहीलेसम्म बनेको छैन ।

यसक ा लागि आएको बजेट कहाँ, कसरी खर्च गरियो त्सको कुनै लेखाजोखा छैन । अहिलेपनि उक्त सेन्थेटिक ट्रयाकका चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत विनियोजन गरेको खुुलेको छ । तर सेन्थेटिक ट्रयाकका बन्ने नबने कुनै निश्चितता छैन ।

आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला समय अभावको कारण देखाउँदै अधुरै छाडिएको थियो । रनिङ ट्रयाक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाईट जडान लगाएतका महत्वपूर्ण काम बाँकी रहेको उक्त रंगशाला अहिले पनि अपुरो अवस्थामो छ ।

अर्थ मन्त्रालयले बजेट विनियोजन गरेसँगै रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको खेलकुद मन्त्रालय बताउँछ ।


सम्बन्धित समाचार