Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

होलीमा उच्छृंखल गतिविधि रोक्न छैन बाँके पुलिसको योजना

नेपालगन्ज : असुली र भौकालमा सक्रिय बाँके पुलिससँग यस बर्षको होलीमा उच्छृंखल गतिविधी रोक्ने वा नियन्त्रण गर्ने कुनैपनि योजना देखिएको छ । बाँकेमा बिही र शुक्रबार गरी दुई दिन होली पर्व मनाउने चलन छ । पहाडी तथा मधेशीको बाहुल्यता रहेको बाँकेमा दुबै दिन होली बिशेष मनाइदै आएको छ ।

विगत बर्षमा पुलिसले होलीमा आपराधिक घटना हुन नदिन विविध योजना र सर्तकता अपनाउने गरेको थियो । तर, अहिले बाँकेका एसपी श्यामकृष्ण अधिकारीको उदासीनताले यस्ता कुनैपनि योजना बुधबार बेलुकासम्म नबनेको पुलिस स््रेत नै बताउँछ ।

काठमाडौं सहितका विभिन्न ज्ल्लिामा होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन विधि खालका  योजना बनाइएका छन । काठमाडौं उपत्यकामा १ हजार ३ सयभन्दा धेरै ट्राफिक प्रहरी खटाएको छ । तर बाँकेमा यस्तो केही सूचना नागरिक वा मिडियालाई दिइएको छैन । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउन पुलिस उदासीन देखिएको छ ।

फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौति तथा खतराहरूलाई यथार्थपरक विश्लेषण गरी बाँके प्रहरीले अनुगमन टोली, मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गर्र्न पर्ने देखिएपनि यस्तो कुनै योजनाका बारे जानकारी वा परिपत्र जिल्लाबाट नआएको वडा पुलिसका एक अधिकारी बताउँछन ।

विगतमा पनि उच्छृखल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गतिमा मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल कुदाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीन जनाभन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने लगायतका गतिविध हुने गरेका छन ।

ठूलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउनेमाथि के गर्ने भन्ने बारे पनि बाँके पुलिले कुनै धारणा सार्वजनिक गरेको छैन ।