Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

राप्रपा नेपालको केन्द्रीय कमिटी विस्तार

नेपालगन्ज : कमल थापा निकट राप्रपा नेपालको केन्द्रिय कमिटी विस्तार अघि बढिरहेको छ । यसैअनुसार उपाध्यक्षमा बाँकेका व्यवसायी राजेन्द्र विर राय चयन भएका छन् ।

पाटीको विधान अनुसार १६ जनालाई उपाध्यक्ष र सह महामन्त्रीको रुपमा पदाधिकारी मनोनयन गरिएको छ । यसअघि केन्द्रिय सह महामन्त्रीमा बाँकेबाट नेता हिक्मत ढकाल मनोनित भइसकेका छन् ।

राप्रपा नेपाल पाटीको पदाधिकारी समितिलाई पूर्णता दिनेक्रममा उपाध्यक्षमा राय सहित क्रमशः राजीब पराजुली, उद्धव पौडेल , जयकुमार खड्का, डाक्टर श्री विष्णु भण्डारी, लाक्पा तामाङ एवम् महामन्त्रीमा क्रमशः भाष्कर भद्रा, सुशिल श्रेष्ठ, इन्द्र चित्रकार , राजाराम बर्तौला छन् ।

सह महामन्त्रीमा क्रमशः हरिकृष्ण श्रेष्ठ , धरम गुरुङ , अम्बिका प्रसाद ढकाल , शिव कुमार बास्तोला , ममता राई , शशिरञ्जन यादव मनोनित भएको केन्द्रिय सदस्य श्रीधर सुवेदी बताउँछन ।


सम्बन्धित समाचार