Loading... आजः ११ असार २०७९, शनिबार ।। Saturday 25th June 2022

बालबालिकामा ‘क्रिसमस डे’ को रौनक

नेपालगन्ज : नेपालसहित संसारभरमा शनिबार क्रिश्चियन धर्मावलम्बी लगायतले क्रिसमस डे मनाएका छन । बाँकेमा पनि क्रिसमस डे धुमधामका साथ मनाइएको छ ।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाउँदै आएका छन् । तर, आजभोली अन्य धर्मका बालबािलका पनि यस पर्वमा रमाउने र क्रिसमस ड मनाउने गर्दै आएका छन ।

आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । दिवसका अवसरमा २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो ।

 

यस अवसरमा २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने सबैलाई सार्वजनिक बिदा दिइएको छ ।

अहिले नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल ख्रिष्टियन महासङ्घ दाबी छ । सोही सिलसिलामा क्रिसमस डे को अवसरमा बाँकेमा रहेका विविध चर्च र कतिपय नीजि विद्यालयमा समेत क्रिसमस पर्व मनाइएको छ ।