Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

निगमलाई ७ दिने चेतावनी

नेपालगन्ज : नेपाल वायु सेवा निगमलाई डोल्पाका साँसद वीरबहादुर शाही लगायतको एक टोलीले सात दिने अल्टिमेट सहितको चेतावनी दिएको छ । निगमको नेपालगन्ज स्थित क्षेत्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै उक्त टोलीले यस्तो चेतावनी दिएको हो ।

विगतमा हवाई उडान भैरहेको डोल्पामा अहिले निगमले हवाई उडान रोकपछि तत्काल उक्त उडान सन्चालन गर्न माग सहित यदि सातदिनभित्रै डोल्पामा उडान नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । सडक सन्जालले सुविधा पुगि नसकेको डोल्पामा बषोंदेखि नेपाल वायू सेवा निगमको जहाजले उडान भर्दै आएको थियो ।

पछिल्लो समय कोरोना संक्रमणको निहुँमा निगमले डोल्पामा उडान भर्न छोडेको साँसद शाही बताउँछन । तर, निगमले कर्णालीका अन्य जिल्लामा नियमित उडान भरिरहेको छ ।

डोल्पामा उडान नहुँद यहाँका नागरिकले सासती भोग्दै आएका छन। सडक नपुगेको डोल्पामा हवाई उडान नै प्रमुख यातयाातको माध्यम हो । डोल्पालीको समस्यालाई ध्यान दिदै एक साता भित्र डोल्पामा नियमति उडान गरिदिन नेपालगन्जको क्षेत्रीय कार्यालयसँग माग गर्दै उक्त टोलिले यसको जानकारी केन्द्रमा समेत पठाएको छ ।

जनशक्ति अभावक ाकराण उडानमा समस्या भएको देखिएको छ । केन्द्रले डोल्पा उडानका लागि सेडियुलसहितको निर्देशन दिए सात दिनभित्रै होइन तत्कालै उडान गर्न क्षेत्रीय कार्यालय तयार रहेको नेपाल वायू सेवा निगम नेपालगन्जका प्रमुख किर श्रेष्ठ बताउँछन ।