Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

महासंघले भन्यो ‘कि राजनीति गर, कि पत्रकारिता’

बाँकेका अध्यक्ष सहितका प्रतिनिधीलाई तत्काल दलिय पदबाट राजिनामा दिन निर्देशन, नत्र सदस्यता खारेजको चेतावनी

नेपालगन्ज : काँग्रेस अधिवेशनमा वडादेखि प्रदेश प्रतिनिधीमा छनोट भएका पत्रकारहरूलाई तत्काल पत्रकार महासंघ वा निर्वाचित दलिय पदबाट राजिनामा दिन निर्देशन दिइएको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

काँग्रेस महाधिवेशनमा बाँकेसहित देशभरका विभिन्न जिल्लामा पत्रकार महासंघका जिल्ला अध्यक्षदेखि प्रदेश सचिव हुँदै पदाधिकारी अधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन ।

बाँकेमा लुम्बिनी प्रदेशका सचिव जयसिंह केसी र पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले नै महासंघको विधान विपरत काँग्रेसको राजनीतिकमा सक्रियता देखाएका छन । उनीहरूले नैतिकताका आधारमा पत्रकार महासंघका बहालवाला पदबाट राजीनामा दिनुपर्ने भएपनि अहिलेसम्म नैतिकता पचाएरै बसेका छन।

पत्रकारिताको खोल ओढेर यस्ता गतिविधी गर्दै आएका कतिपय पत्रकार महासंघका पदाधिकारीको यतिबेला चौतर्फी आलोचना भेरहेको छ । अर्कोतिर वास्तविक पत्रकारका रूपमा आफुलाई स्थापित गरिरहेका पत्रकारको प्रतिष्ठामािथ आँच पुगेको छ ।

पत्रकारका नाममा राजनीति दलको एजेण्ड बन्ने प्रवृत्तिले नेपाली पत्रकारितामा बदनामी बढी हुँदै आएको देखिएको छ । बाँकेको हकमा पत्रकार महासंघका अध्यक्ष राप्तीसोनारी गाउँपालिकाको वडा प्रतिनिधीमा छनोट भएका छन। उनीसँगै लुम्बिनी प्रदेश सचिव केसी कोहलपुरमा र अन्य केही पत्रकारहरू पनि वडादेखि गाउँ÷नगर प्रतिनिधी छनोट भएको खुलेको छ ।

तर, उनीहरूले इमान्दारीता र नैतिकता पचाएर पत्रकार महासंघको पदाधिकारी सदस्य लगायतका पदबाट राजीनामा भने दिएका छैनन । यदि यी पदबाट राजीनामा दिदै पत्रकारिता भजाएर अनेकधन्दा गर्न नसकिने भएकोले उनीहरूले नैतिकता गुमेपनि राजीनामा नदिएको आम नागरिकको बुझाई छ ।