Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

काँग्रेस अधिवेशन : सूचना नै दिदैनन मतदान अधिकृत

पत्रकारलाई समाचार संकलनमा समस्या , युनियनकै पत्रकार आक्रोशित

नेपालगन्ज : नेपाली काँग्रेसको १४ औ महाधिवेशनका लागि यतिबेला देशभरमा वडादेखि गाउँ÷नगर हुँदै प्रदेश तहसम्मको निर्वाचन भैरहेको छ । तर, उक्त निर्वाचनको सूचना पत्रकारलाई मतदान अधिकृतले नै नदिएको खुलेको छ । वडादेखि प्रदेशसम्मको अधिवेशनमा आइसक्दा पत्रकारलाई सहज सूचना निर्वाचन समिति रमतदान अधिकृतको टीमले दिन नसकेको काँग्रेस आबद्ध प्रेस युनियनकै पत्रकारहरूले गुनासो गरेका छन ।

पत्रकार नविन गिरीले आफनो सामाजिक सन्जाल फेसबुकमै काँग्रेस अधिवेशनको सूचना नपाएको भन्दै स्टाटर्स नै लेखेका छन । उनकाअनुसार मतदान अधिकृतले सहज रूपमा समयमै सूचना नदिएको उल्लेख गरिएको छ ।

पत्रकार गिरीले ‘बाँके कांग्रेस अधिवेशनमा मतदान अधिकृतले पत्रकारलाई सूचना नदिने नीति हो ? वा बहाना गर्न निर्देशन दिइएको छ ।’ फेसबुकमा स्टटार्टसमार्फत सम्बन्धीत पक्षलाई प्रश्न गरेका छन । अर्का पत्रकार मधु पौडेलको कमेन्टमा उक्त निर्वाचन कमिटीको प्रवक्ता प्रेस युनियनका अध्यक्ष अर्जुन ओली प्रवक्ता भएको उल्लेख छ ।

तर प्रवक्ता भनिएका युनियनका अध्यक्ष ओलीले पत्रकरा गिरीके स्टाटर्समा कर्मेन्ट गर्दै ‘मतदान अधिकृतसँग पनि सूचना लिन सकिन्छ । कतिपय अवस्थामा मतदान अधिकृतहरु पनि ब्यस्त भएर होला । कुनै सूचना लिनु परेमा जिल्ला निर्वाचन परिचालन समितिका जो सुकै ब्यक्तिलाई फोन गर्दा पनि हुन्छ । अहिलेसम्म सूचना दिएको छ समितिले । तर, धेरै ठाउँको एकैपटक सूचना संकलन गरेर अपडेट दिदाँ थोरै ढिलाई त हुन्छ नै ।’ यस्तो प्रतिक्रिया दिएका छन । पत्रकार गिरीले भने अधिवेशनको सूचना स.कलनमा समस्या आएरै फेसबुकमा स्टाटर्स लेखी ध्यानकर्षण गराएको बताएका छन ।