Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

उपमहानगर विस्कुटकाण्ड : आफूलाई पर्दा अनुगमन, नागरिक ठगिँदा वेखबर

बजारभरी कालोबजारी, अनुमगनमै सरकारी र निजि ठेकेदारको मिलेमतो

नेपालगन्ज : ‘आफु नमरि स्वर्ग देखिदैन’ भन्ने नेपाली उखान यतिबेला नेपालगन्जमा वास्तविक लागु भएको देखिएको छ । नेपालगन्ज बजारमा खाद्यदेखि विविध बस्तुमा कालोबजारी हुन थालेको लामो समय भएको छ ।
यहाँका केही सन्चारमाध्यमले पटक पटक यस्ता समाचार लेख्दै पनि आएका छन ।

बाँकेका सरकारी तथा गैरसरकारी अनुगमनका ठेकेदारका यसतर्फ नियमित कहिल्यै ध्यान गएन र अहिले पनि जान सकेको देखिदैन ।तर, केही दिनअघि नेपालगन्ज उपमहानगरपालिकाको बैठकमा सहभागीलाई खुवाइएको बिस्कुट नै म्याद गुजे्रको भेटिएपनि बाँकेका सबैखाले अनुगमनका ठेकेदारहरू जर्मुराएको देखिएको छ ।

यतिबेसम्मकी चुपचाप रहेका कतिपय अनुगनमर्ता ठेकेदारहरू खाईनखाई बजारमा दौडिएको खुलेको छ । नेपालगन्ज उपमहानगरपालिकाकै बैठकमा यस्तो भएपछि ठेकदार जस्ता कतिपय अनुगमनकर्ताको निदहराम भएको एक अनुगमनकर्ता नै बताउँछन ।

उपमहानगरपालिकाको बैठकमा यस्तो भेटिएपछि उक्त पसलालाई संयुक्त बजार अनुगमन टोलीले ५० हजार जरिवाना गरेको छ । तर, यस्ता सयोै पसलहरू नेपालगन्जमा आम नागरिक उपभोक्ता ठगिरहेका छन । यसतर्फ उक्त समितिको ध्यान कहिले जाला ?

अहिलेपनि उपभोक्ता ठगिउका छन बजारमा कालोबजारी छ तर अर्को अनुगमन हुन फेरि नगरपालिका वा सिडिओ कार्यालयको कुनै बैठकमै म्याद ग्ुज्रिएको बसतु भेटिन पर्ने देखिएको छ ।

बजार अनुगमनको सरकारी ठेकेदार निकाय बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय लगायतका कमाउधन्दाका एनजिओरूपी ठेकेदार संस्थाले वेमौसमी बाजा मात्रै बजाउने गरेको देखिएको छ । तर, नेपालगन्जमा नियमित बजार अनुगमनको आबश्यकता छ ।

अनुगमन टोलीले अनुचित ब्यापारिक क्रियाकलाप नगर्न निर्देशन दिएको बाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्णप्रसाद पौड्याल बताउँदै आएका छन ।

स्मरणहोस यस्ता अनुगमनमा समेत यी ठेकेदाररूपी कम्पनी र एनजिओले सत्यतथ्य जेहो त्यहि समाचार लख्ने कुनैपनि पत्रकारलाईसँगै लगेर गएको इतिहास छैन । यसबाट पनि पुष्टि हुन्छ कि अनुगकनकर्ता निकाय र विविध पक्षबिच अनुगमनका नाममा अनेक धन्दा चलिरहेका छन ।