Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

पुलिसमा काज सरूवा आतङ्क

लाखौं बुझाउँदै असुली ठाउँ जाँदै, असईदेखि इन्स्पेक्टरसम्मलाई ठेकेदारदेखि तस्करको आर्थिक सहयोग

नेपालगन्ज : प्रहरीमा यतिबेला काज सरूवा आतङकै मच्चिएको देखिएको छ ।यसैले पनि साउनमै हुनुपर्ने इन्सपेक्टरको सरूवा अझै हुन सकेको छैन । नियमित सरूवा रोकेर गृह मन्त्रालयको दबाबमा प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा काज सरूवा गरेको खुलेको छ ।

मोटो रकम असुलसँगै केही महत्वपूर्ण कार्यालयको इन्चार्ज फेर्ने गरी काज सरूवा भएको खुलेको छ । यसको प्रभाव बाँके र रूपन्देहीमा पनि परेको देखिएको छ ।

बाँकेमा पनि जिल्ला प्रहरीले असुलीकर्ता सिपाहीदेखि सईसम्मलाई जिल्लाका विभिन्न पोष्टमा खटाएको खुलेको छ । बाँकेको ट्राफिक प्रहरीमा यसअघि नै ऐनबहादुर मल्ललाई काज सरूवा गरिएको छ ।

उनी यहाँ अउँदा पनि लाखोैको चलखेल भएको यबितेला खुलेको छ । उनलाई बाँकेकै एक युवा व्यवसायीले रकम दिएर कोहलपुर ल्याउन सहयोग गरेको यतिबेला प्रहरीवृतमा चर्चा छाएको छ ।

बाँकेमा ट्राफिक प्रमुख भएर आउ मल्ल शुआतमै विवादीत बनेका छन । उनले यहाँ कार्यरत ट्राफिकलाई मनोमानी रूपमा असुली केन्द्रमा सरूवा गरेको यसअघि खुलेको थियो ।

आफना र रकम असुलीमा सक्रिय जवानदेखि सईसम्मका ट्राफिकलाई छानीछानी असुली केन्द्रमा पठाएर मस्ती लिने दाउमा रहेका मल्लको टीमले यतिबेला नेपालगन्जको ट्राफिक व्यवस्थापनमा कुनै चासो नदेखाएको नागकिर बताउँछन ।

रूपन्देहीको इलाका प्रहरी कार्यालय, मर्चवारमा प्रहरी निरीक्षक तेजबहादुर खत्री सशस्त्र प्रहरी गणलाई काज सरूवा गरिएको देखिएको यस सरूवामा पनि आर्थिक चलखेल भएको प्रहरी स्रोत नै बताउँछ ।

सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक राजाराम यादव इलाका प्रहरी कार्यालय, रूद्रपुर, रूपन्देही, जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशव केसी जिल्ला ट्राफिक प्रहरी कार्यालय, रूपन्देही पठाइएको खुलेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक जीवन लामिछाने इलाका प्रहरी कार्यालय, रन्यौरा, संघीय प्रहरी इकाइ कार्यालय, पोखरामा कार्यरत निरीक्षक युवराज अंग कार्की इलाका प्रहरी कार्यालय, लुम्बिनी, रूपन्देहीमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीमा कार्यरत प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले इलाका प्रहरी कार्यालय, छपिया, रूपन्देहीको इन्चार्ज पाएका छन् ।