Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

सातौं धारा नेपालगन्ज म्याराथन : एपिएफका बोगटीलाई उपाधि

नेपालगन्ज : बाँकेको नेपालगन्जमा सञ्चालित सातौं धारा नेपालगन्ज म्याराथनको ४२ दशमलव १ सय ९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन् । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन् ।

द्वितीय स्थानमा नरेन्द्र रावत रहेका छन् । उनले उक्त दुरी २ घण्टा ३३ मिनेट २८ सेकेन्डमा पार गरेका हुन् । उनी नेपाली सेनाका त्रिभुवन आर्मी क्लबका हुन् ।

तेश्रोमा आर्मीकै सन्तोष बिष्ट भएका छन् । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका छन् । फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर कुल २ हजार खेलाडीले म्याराथन दौडमा भाग लिएको आयोजकले जनाएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगञ्ज म्याराथनको उद्घाटन गरेका थिए । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरमै स्थापित गराउनुपर्नेमा सहभागीले जोड दिउका छन ।

म्याराथन उद्घाटनमा प्रदेश साँसद कृष्ण केसी ‘नमूना’, महानायक राजेश हमाल, खेलाडी खेलप्रेमी लगायतको सहभागीता रहेको आयोजक टिएस ठकुरी बताउँछन ।

यसैबिच नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको २१ किलोमीटर दुरीको हाफ म्याराथन दौडको प्रथम स्थान धादिङकी सन्तोषी श्रेष्ठले हात पारेकी छिन । श्रेष्ठले उक्त दुरी १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पार गरेकी हुन ।

द्वितीय स्थानमा एपिएफकी पुष्पा भण्डारी भएकी छिन । उनले उक्त दुरी १ घण्टा १९ मिनेट १८ सेकेन्डमा पार गरेकी हुन । सुर्खेतकि बिन्दु हमाल तेस्रो भएकी छिन । उनले १ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा सो दुरी पार गरिन ।