Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

‘झगडिया’को पाटी कांग्रेस

मतदानस्थलमै कांग्रेस दादागिरी, आपसी विवादमा कुटपिटदेखि तोडफोडसम्म

नेपालगन्ज : काँग्रेसलाई गुण्डाहरूको झुण्ड भएको पार्टीका रूपमा विगतदेखि नै आरोप लाग्दै आएको छ । यसको पछिल्लो उदाहरणका रूपमा कोहलपुरमा मतदानस्थितलमै भएको कुटपिट र लफडालाई लिन सकिन्छ । यो त पछिल्लो उदाहरण मात्रै हो काँग्रेसमा यस्ता घटना र गतिविधी प्राय : भईनै रहन्छन ।

नेपाली काँग्रेसको १४ महाधिवेशनअघि यतिबेला भैरहेका वडादेखि नगर पालिका तहका अधिवेशनमा बाँकेको कोहलपुर र राप्तीसोनारी लगायतका कतिपय पालिकामा केही काँग्रेस नेता कार्यकर्ताको दादागिरी र गुण्डाशैलीको हर्कत देखिएका छन । चुनाव जित्ने निहुँमा भैरहेका यस्ता हर्कतले स्वयम व्यक्तिलाई मात्रे नभई सिङ्गो पाटी र बाँके काग्रेसका इमान्दार नेताको प्रतिष्ठामाथि समेत आँच आएको जानकारहरू बताउँछन ।

शुक्रबार बाँकेको कोहलपुरमा कांग्रेसका उम्मेदवार र नेता÷कार्यकर्ताबीच मतदानस्थलमै कुटाकुट भएको छ । मतदान सकिएपछि बिहीबार रातीदेखि नै उनीहरूबीच कुटाकुट भएको खुलेको छ । कोहलपुर नगर सभापतिका उम्मेदवार वीरेन्द्र शाहले एक मतदातालाई मतदानस्थलमै एक हजार दिएको बिषयमा बिबाद अघि बढेको एकपक्षले बताएको छ ।

सभापतिका अर्का उम्मेदवार राजेन्द्र श्रेष्ठ पक्षधरका युवाले पैसा दिएको बिषयमा उम्मेदवार शाहलाई किन पैसा दिएको भनेर प्रश्न गर्दा बिबाद भएको प्रत्यक्षदर्शी बताउँछन । पार्टीभित्र शाह संस्थापनइतर र श्रेष्ठ संस्थापन पक्षधर मानिदै आएका छन ।

मतदान सकिएर मतपेटिका समेत राखिसकेपछि पैसा दिएको कुरामा बिबाद सुरू भएको खुलेको छ ।  प्रत्यक्षदर्शीका अनुसार पैसा दिएर मतदाता किनेको भन्दै श्रेष्ठ पक्षका युवाले शाहलाई ¥याख¥याख्ती पार्न थालेपछि बिबाद उत्सकर्षमा पुगेको थियो ।

त्यहीक्रममा शाह र तरूण दलका हरिसिंह कठायतबीच भनाभन भएको थियो । प्रत्यक्षदर्शीका अनुसार शाहले लाठी उठाएर हरिसिंहलाई हिर्काएपछि विवाद कुटपिटमै परिणत भएको थियो ।
तडकभडकै क्रममा हरिसिंहले पनि शाहलाई एक मुक्का हिर्काएको प्रत्यक्षदर्शी बताउँछन ।

श्रेष्ठले आफ्ना समर्थकलाई शान्त पार्न धेरै प्रयास गरेका थिए । तर, पनि बिबाद बढ्दै गएपछि हात हालाहालको स्थिति उत्पन्न भएको हो एक काँग्रेस नेताले भने ‘जे नहुनु थियो भो अब समस्या समाधान गरी मत गणनातिर लाग्ने तयारी भैरहेको छ । ’

स्मरणहोस शाह पक्षधर युवा नेता पूर्णप्रसाद आचार्यले शाहमाथि हातपात भएको भन्दै आफ्नो सामाजिक सञ्जालमा बिहीवार राति नै सार्वजनिक गरेका थिए । आचार्यले सभापति पदका उम्मेदवार राजेन्द्र श्रेष्ठले नै वीरेन्द्र शाहमाथि हातपात गरेको उल्लेख गरेका छन् ।

उम्मेदवार श्रेष्ठले आचार्यले लेखेको कुरा सही नभएको र आफ्ना प्रतिस्पर्धी शाहलाई आफूले नै जोगाउने तथा संरक्षण गर्ने काम गरेको दाबी गरेका छन् । ‘वीरेन्द्रजीलाई मैले नै जोगाएको हुँ,’ श्रेष्ठले भने, ‘कुरा चलिरहँदा वीरेन्द्रजीले सुरूमै लाठ्ठी नहानेको भए त्यो अवस्था नै आउने थिएन ।’ पैसाको बिबाद ठूलो नभएको र आफूले सबैलाई सम्झाइरहेको बेला माहौल शान्त हुँदै गर्दा उम्मेदवारले लाठी हान्नु गलत भएको श्रेष्ठको भनाई छ ।

कांग्रेस बाँकेका उपसभापति फूलाराम थारूले सुरूमा आफैँले लाठी हानेर शाहले श्रेष्ठकाविरूद्ध गलत प्रचार गराएको बताएका छन । बिबादपछि बिहीबार बेलुका नै गर्ने भनिएको मतगणना स्थगित भएको थियो । यद्दपी राप्ती सोनारीमा पनि काँग्रेसबिच झmडप भएको छ । यहाँ गाउँपालिकामा समेत तोडफोड भएको छ ।