Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

नगरअधिवेशन : सभापतिका लागि निर्वाचन

नेपालगन्ज : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेमा भर्खरै वडा तहको निर्वाचन सम्पन्न भएकोछ । वडा तहको निर्वाचन सक्किएसंगै यतिबेला बाँकेमा गाँउ तथा नगरपालिका तहको निर्वाचनकोअहिले भैरहेको छ ।

नगरको अधिवेशनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको थियो । यसका लागि नेपालगन्ज नगरपालिकाको नगर सभापतिमा उमा थापा, विनोद रिजाल र प्रशान्त विष्ट भिडेका छन । जिल्लामा सबैभन्दा बढि चासो र चर्चा नेपालगन्ज उपमहानगरपालिकाको रहेकोछ ।

पुर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पुर्वसभापति स्वर्गीय सुशिल कोइरालाको गृहनगर भएका कारण पनि नेपालगन्जलाई जिल्लादेखी केन्द्रसम्म निकै चासो र महत्वका साथ हेर्ने गरिन्छ ।

तीनै जना आकांक्षी पार्टीका युवा नेता हुन् । उनीहरू काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल हुदै पार्टीको मुल राजनीतिमा आएका हुन् ।