Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

एमाले महाधिवेशन : प्रतिनिधी छनोटमा असन्तुष्टि

नेपालगन्ज : नेकपा एमाले बाँकेमा महाधिवेशन प्रतिनिधी छनौट मनोमानी रूपमा भएको भन्दै नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन ।

आसन्न महाधिवेशनका लागि एमाले बाँकेले छनोट गरेका प्रतिनिधी प्रक्रियागत नभई एकलौटी मनोमानी रूपमा गरिएको खुलेको छ । सर्वसम्मत प्रतिनिधि छनौट भनिएपनि एमाले नेता तथा कार्यकर्ताले एकलोटी भएको आरोप लगाएका छन ।

पार्टी अध्यक्ष निरक गुरूङ्ग, सचिव रत्न खत्री र पुर्व साँसद देवराज भारले मनोमानी रूपमा एकलौटी महाधिवेशन प्रतिनिधी छनोट गरेको कार्यकर्ताको भनाई छ ।

पालिका, वडा र जिल्ला कमिटी सचिवालय सदस्यहरुको म्यान्डेटको आधारमा नेतृत्वले सर्वसम्मत प्रतिनिधि छनौट गर्नुपर्नेमा यसो हुन नसकेको बताइएको छ ।

एमालेको नेतृत्वले गरेको प्रतिनिधी छनोटप्रति असन्तुष्टि देखाउँदै युवा राजेन्द्र कडेलले ‘हेलो बाँकेका कमरेड ः प्रतिनिधि छनौट गुमनाम किन हो ? फोन अफ गर्ने तर हिम्मत वालावाल ठानिने । प्रतिनिधि छनौट किन भएन ? केही अपराध हैन, भोली प्रक्रिया सुरू गरौ ।’ भनेर आफनो सामाजिक सन्चाल फेसबुक एमाउन्टमार्फत सार्वजनिक गरेका छन ।

मनोज बर्माले बाँकेमा मधेसीलाई साइड लगाएर प्रतिनिधि छनौट गरिएको उल्लेख गरेका छन । उनका अनुसार बाँके मधेसी बाहुल्य क्षेत्र हो ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी महिला नेतृ एकमाया विकले पनि प्रतिनिधी छनोटमा असन्तुष्टि जनाएकी छन । उनले फेसबुकमा कमेन्ट गर्दै प्रक्रियागत नभई एकलौटी र मनोमानी प्रतिनिधी छनोट भएको उल्लेख गरेकी छन ।

एमालेका शान्ति ढकाल, पुर्वमन्त्री अराती पौडेल लगायतका महिला नेतृहरू पनि उक्त प्रतिनिधी छनोट प्रक्रियामा असन्तुष्टि जाहेर गर्दै आएका छन ।

एमाले बाँकेका अध्यक्ष निरक गुरूङ्ग भने ठुलो पार्टीको प्रतिनिधी छनोटका क्रममा एक दुईजनाले असन्तुष्टि व्यक्त गर्नु स्वभाविकै भएको बताउँछन ।