Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

नेपालगन्ज म्याराथन : भयो टिसर्ट सार्वजनिक, कहिले हुन्छ हरहिसाब पारदर्शी

नेपालगन्ज : यसअघि महिला प्रधानमन्त्री कप भलिवल प्रतियोगिता गर्दा विवादमा आएका क्रियटिभ ह्याण्डस यतिबेला सातौं नेपालगन्ज म्याराथनको आयोजनामा लागि परेको देखिएको छ । नेपालगन्जमा एक कार्यक्रमका बिच म्याराथनको टिसर्ट सार्वजनिक गरेका छन ।

तर, यसअघि भएका ६ वटा म्याराथनको अहिलेपनि हरहिसाब सार्वजनिक हुन सकेको देखिदैन । यसले पनि उनले गर्ने महिला प्रधामनत्री कप भलिवल होस वा म्याराथन दौड अहिलेसम्म अपारदर्शी नै देखिएका छन ।

खेलका नाममा विभिन्न संस्था व्यक्ति र निकाय तथा ठुला केही कम्पनबिाट रकम असुली गर्ने तर उक्त रकम कहाँकहलिे कसरी, किन, कति खर्च भयो यसको विवरण सार्वजनिक नगर्ने गरिएको छ । यसपनि यी प्रतियोगिताका नाममा कमाउधन्दा धेरै भैरहेको नागकिरको बुझाई छ ।

आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले आफु निकटका केही मिडिया हाउस र तीनका सन्चालकलाई बिज्ञापन दिएर आफनो पक्षमा समाचार लेख्न समेत लगाउँदै आएका छन ।

तर, म्याराथन केवल दौडमात्रै नभएर शहरको पहिचान गराउने, पर्यटक भित्र्याउने सशक्त माध्यम भएको उनी बताउँदै आएका छन । मंसीर ४ गते वीपीचोकबाट शुरु हुने म्याराथनमा सात हजारलाई सहभागी गराउने तयारी भइरहेको छ ।