Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

मुख्यअभियुक्त बचाउन काँग्रेसका ‘कार्यकर्ता पत्रकार’को होडबाजी

नेपालगन्ज : परस्पुरकी निर्मला कुर्मी अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दासँग जोडिएका नेपाली कांग्रेस बाँकेका पूर्वसांसद तथा नेता बादशाह कुर्मीको बचाउमा यतिबेला बाँकेका केही सञ्चारमाध्यम र पत्रकार समेत परिचालन भएका छन् । पीडितलाई झनै पीडा दिइ दोषीलाई कानूनी दायराबाट बचाउन प्रयत्न गर्नु सञ्चार माध्यमको धर्म भए पनि उनीहरुले धर्मलाई पन्छ्याउँदै पीडक भनिएकालाई पक्षपोषण गर्दै आएका छन् ।

अहिले उक्त घटनामा जोडिएका मुख्य अभियुक्त पूर्वसांसद कुर्मीको बचाउमा केही सञ्चार माध्यम र पत्रकार पत्रकारिताको आचारसंहिता र धर्मविपरीत होडबाजीमा लागि परेको देखिएको छ ।

महिला अधिकार मञ्चले गरेको पत्रकार सम्मेलनलाई आधार बनाएर केही सञ्चार माध्यममा बादशाह कुर्मी मुख्य अभियुक्त भन्ने समाचार आएसँगै कांग्रेस निकट केही पत्रकारले उक्त समाचारको खण्डनशैलीमा बादशाहको बचाउ गर्दै पित पत्रकारिता गरेको देखिएको छ ।

जुन पत्रकारले यसअघि यस घटनाका बारे एउटा पनि समाचार लेखेको देखिँदैन । यतिबेला सरकारी छानबिन समितिले समेत बादशाह कुर्मीसहितलाई पक्राउका लागि सरकार सुझाव दिएको थियो । उक्त सुझावपछि सरकारले बाँके पुलिसले दोषी भनिएकालाई तत्काल पक्राउ गर्न निर्देशन दिएको थियो । पुलिसले पनि बाद शाह कुर्मीबाहेक अन्य ६ जनालाई हिरासतमा राखेको छ । तर, बाँके पुलिसले सरकारको आदेशसमेत अझै पालना गरेको नगरेको पीडितहरू बताउँछन् ।

तर, कांग्रेसकै दबाबमा बाँके एसपीले उनलाई पक्राउ गर्न सकेका छैन । यस्तो अवस्थामा यसअघि समाचार नै नलेखेका केही आफूलाई पत्रकार ठान्ने कांग्रेसी कार्यकर्ता जस्ता सञ्चार माध्यमका सञ्चालकले दोषीलाई बचाउ गर्देै समाचार लेखेको देखिएको छ । जसले पीडकको मनोबललाई बढवा दिएको छ भने पीडित पक्षले झन पीडामा परेका छन् ।

एउटा सञ्चार माध्यममा आएको समाचार अर्को सञ्चार माध्यमले खण्डनशैलीमा छाप्नु र दोषीलाई बचाउन खोज्नु ठूलो अपराध भएको पुराना पत्रकारहरू बताउँछन् । शुरूवाती चरणमा उजुरीसमेत दर्ता गर्न नमानेको बाँके पुलिस अहिले छानबिन समितिको र गृह मन्त्रालयकै निर्देशन समेतको बेवास्ता गर्दै पूर्वसांसद कुर्मीलाई पक्राउ गर्न उदासिन देखिएको छ ।

घटनाका मुख्य आरोपित भनिएका बादशाह कुर्मी भने अहिले पनि पक्राउ पर्न सकेका छैनन् । महिला अधिकारी मञ्चका पूर्वमहासचिव तथा अधिकारकर्मी रूवी खानले भनिन्, ‘यहाँका सिडिओ, एसपी र डिएसपीको पूर्वसांसद कुर्मीसँग साँठगाँठ रहेको देखिएको छ ।’

आफूमाथि लागेको आरोप पुष्टि भएमा कानुनीरूपमा सजाय भोग्न तयार रहेको जाहेरीमा मुख्यअभियुक्त भनिएका पूर्वसभासद कुर्मी बताउँछन् । म अपराधी हो भने मलाई सजाय हुनुपर्छ, नत्र झुटो आरोप लगाउने, अर्कामाथि लान्छना लगाउने, यीनीहरुमाथी कारबाही हुनुपर्ने उनी बताउँछन् ।