Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

राप्रपा लुम्बिनी अध्यक्षमा ऋषि देवकोटाको उम्मेदवारी

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा बाँकेका ऋषिराज देवकोटाले उम्मेदवारी घोषणा गरेका छन । राप्रपा लुम्बिनी प्रदेशको निर्वाचन कात्तिक २८ गते हुँदैछ । तर, स्थान भने फाइनल भएको छैन । राप्रपाको विद्यार्थी संगठनदेखी सक्रिय देवकोटा पार्टीमा सक्रिय युवा नेता हुन ।

राप्रपा लुम्बिनी प्रदेशको महामन्त्री भएर काम गरिसकेका देवकोटाले पार्टीको विभिन्न महत्वपुर्ण जिम्मेवारीमा बसेर काम गरिसकेका छन ।नेपालमा राजसंस्था र हिन्दु राज्य पुर्नस्थापना गर्ने अभियानमा सक्रिय लागेका कारण देवकोटा बलियो उम्मेदार हुन ।

अहिले देवकोटा चुनावी अभियानलाई लक्षित गरेर लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तासँग भेटघाट गरिरहेका छन । देवकोटाले रोल्पा, कपिलवस्तु, अर्घाखाची, पाल्पा, प्युठान लगायतका जिल्ला भ्रमण गरिसकेको बताएका छन । उनले आफनो जित निश्चित भएको बताएका छन ।

राप्रपाको लुम्बिनी प्रदेशको अध्यक्ष पदका लागि रूपन्देहीका प्रदिप उदयले पनि उमेदवारी दिने तयारी गरेको बताइएको छ । अहिलेका अध्यक्ष उदयभन्दा देवकोटा धेरै सक्रिय युवा नेताका रूपमा देखिएका छन।