Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

बादशाह कुर्मी पक्राउमा पुलिस उदासिन किन ?

किर्ते कागतजात मिलाउँदै बाँके पुलिस, एसपी र सिडिओलाई काँग्रेसको दबाब, भाका मिलाउँदै डिएसपी,

नेपालगन्ज : परस्पुरकी निर्मला कुर्मी अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दासँग जोडिएका नेपाली काँग्रेस बाँकेका पुर्वसाँसद तथा नेता बादशाह कुर्मी अहिलेपनि पक्राउ परेको देखिदैन ।बाँकेका सिडिओ सुर्य खत्री र एसपी श्यामकृष्ण अधिकारीलाई आरोपित कुर्मीलाई पक्राउ नगर्न काँग्रेस बाँकेदेखि केन्द्रसम्मको दबाब आएको खुलेको छ ।

शुरूआती चरणमा उजुरी समेत दर्ता गर्न नमानेको बाँके पुलिस अहिले छानबिन समितिको र गृह मन्त्रालयकै निर्देशन समेतको वेवास्ता गर्दै पुर्वसाँसद कुर्मीलाई पक्राउ गर्न उदासीन देखिएको छ । महिला अधिकार मन्चले यसअघि गरेको आन्दोलनक कारण गृह मन्त्रालयले सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।

उक्त समितिले गरेको अध्ययनपछि सार्वजनिक प्रतिवेदनमा निर्मलाको अपहरण्ण, हत्या जमिनकै कारण भएको भन्दै पुर्वसाँसद कुर्मी लगायतका ८ जनालाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
समितिको उक्त सिफारिसपछि सरकारले तत्काल उनिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन बाँके प्रहरीलाई आदेश दिएको थियो । तर, बाँके पुलिसले सरकारको आदेश समेत अझै पालना गरेको नगरेको पीडितहरू बताउँछन ।

बाँके प्रहरीकोचौतर्फी बदनाम तथा आलोचना भएपछि उजुरीमा किटानी जोहरी परेका ६ जनालाई सोमबार पक्राउ गरेको छ । तर, घटनाका मुख्य अराोपित बादशाह कुर्मी भने अहिले पनि पक्राउ पर्न सकेका छैनन महिला अधिकारी मन्चका पुर्वमहासचिव तथा अधिकारकर्मी रूवी खानले भनिन ‘सिडिओ, एसपी र डिएसपीको पुर्वसाँसद कुर्मीसँग साँठगाँठ रहेको देखिएको छ । ’

निर्मला मृत्युको प्रमाण छ : डिएसपी न्यौपाने

बाँके पुलिसका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार उक्त मुद्दासँग जोडिएको नेपाली कांग्रेसका नेता बादशाह कर्मी पनि प्रहरी सम्पर्कमा आएका थिए । उनले प्रहरीलाई वयान दिएर हाजिर जवानीमा छुटेका छन । त्यस्तै आरोपित कुवर बब्बन सिंहलाई ८० वर्ष भएकाले अदालतले उमेर हद म्यादका कारण साधारण तारेखमा छोडेको छ ।

निर्मलाको मृत्यु भएको तथ्य प्रहरीले फेला पारेको छ डिएसपी न्यौपानेले भने, ‘भारतमा उनको मृत्युपछिको दाहसंस्कार भएको तस्विर प्रहरीले फेला पारेको छ ।’ कतिपयले निर्मलाको भारतमा दोस्रो विवाह भएको र उतै कालगतिले मृत्यु भएको बताएका छन् ।

उक्त विषयमा केही प्रमाण प्रहरीले समेत फेला पारेको छ । ‘निर्मलाको दोस्रो विवाह गरेको प्रमाण पत्र अनुसन्धनका क्रममा प्रहरीले फेला पारेको डिएसपी न्यौपाने बताउँछन ।पोस्टमार्टम रिपोर्ट पनि प्रहरीसँग छ । पोस्टमार्टम रिपोर्टमा भने निर्मलाको हत्या नभएको उल्लेख भएको प्रहरीको दाबी छ ।

तर, उक्त रिपोर्ट बाँके प्रहरीले अहिलेपनि सार्वजनिक गर्न सकेको छैन । यसपनि प्रहरीका यी सबै डकुमेन्ट गलत र किर्ते हुनसक्ने देखिएको छ ।

पुलिसका डकुमेन्ट किर्ते : अधिकारकर्मी

प्रहरीले तयार पारेका सबे डकुमेन्ट गलत देखिएका छन । पुलिस राजनितिक दबाबसँगै पुर्वसाँसद कुर्मीको गतिलो सेटिङ्गको जालमा परेर झुटा रिपोर्ट बनाइ रहेको महिला अधिकारकर्मी बताउँछन ।

पीडित पक्ष र महिला अधिकारकर्मीले निर्मलाको करोडौंको सम्पत्ति हडप्न बादशाह कुर्मी ले अपहरण गरी हत्या गरेको बताउँदै आएका छन् । प्रहरीले पीडितलाई न्याय दिन नसकेको थिएन ।

पीडित परिवारले देखाउनलाई मात्र पक्राउ नगरि सत्य तथ्य अनुसन्धान गरी न्याय दिनु पर्ने बताएका छन् । निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले किर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

‘दोषीलाई पक्राउ गरिएकोमा खुसी छौं,’ महिला अधिकार मञ्च बाँकेकी अध्यक्ष रुबी खानले भनिन्, ‘देखाउनलाई मात्र पक्राउ नगरि न्यायसंगतरुपले न्याय दिनुपर्छ ।’ सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने छ । उनकाअनुसार प्रहरीले मुख्य आरोपित भनिएका पुर्वसाँसद कुर्मीलाई पनि तत्काल पक्राउ गर्नुपर्छ ।

प्रहरीले पाएको भनिएको कागजबारे पनि छाविन हुनुपर्ने खान बताउँछिन । हामीले आन्दोलन गर्नुअघिसम्म प्रहरीले यो कागज किन ल्याएन ? अहिले मात्र यो कागज कसरी आयो ? खानले भनिन ‘कागजमाथि पनि छानबिन हुनुपर्छ ।’
आन्दोलनको घोषणा

महिला अधिकार मन्च बाँकेले निर्मला हत्या र नन्कुनी घटनाका मुख्य आरोपित बाद शाह कुर्मी पक्राउ नपरेको भन्दै फेरि आन्दोलनको घोषणा गरेका छन । २४ गतेभित्र कुर्मीलाई पक्राउ नगरिए मन्चले २७ गतेदेखि फेरि आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएको छ ।

मन्चका अनुसार यदि तोकिएको समयमा मुख्य आरोपित पक्राउ नपरेरमा २७ गतेदेखि जिल्ला प्रशासन अघि धर्ना दिने कार्यक्रम बनिसकेको छ ।