Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

ईसेतोखरीको निगरानी  : बैंकमा ‘रक्सी’ घुस

घुस्याहा बैंक मेनेजर र कर्मचारीका कारण सेवाग्राही हैरान ( विस्तृत २२ गतेको सेतोखरी दैनिकमा)  
नेपालगन्ज : बाँकेमा लोनपास गरिदिएको भन्दै एक बैकका मेनेजरले ब्ल्याक लेबल रक्सी घुस लिएको खुलेको छ । कमिशन त बैंकका लागि दुहुनो गाई झै हो ।

तर, यहाँका सरकारी तथा प्राइभेट बैंकका मेनेजरले लोन पास गरिदिएपछि सेवाग्राहीसँग सिधै रक्सी र खसीकोमासु माग गर्ने गरेको खुलेको छ ।

यहि तिहारको दुई दिनअघि मात्रै यहाँको एक सरकारी बैंकका मेनेजरले सात हजार ५ सय पर्ने उक्त रक्सी मागेपछि सेवाग्राहीले उनकै क्वाटरमा पुगेर उक्त रक्सी उपलब्ध गारएको खुलेको छ । यो किन र केका लागि ? भनेर सेतोखरीले सोध्दा ती सेवाग्राहीले भने ‘लोनपास गरेको थिए हाकिम (मेनेजर) साबले रक्सी नदिइ हुँदैन भनेपछि दिएको हुँ ।’

अख्तियारको रकेर्ड अनुसार घुस लेनदेनको समस्या बाँकेमा भयङ्कर देखिएको छ । सरकारी कार्यालयमा प्रायः सरकारी कर्मचारीलाई घुसको रुपमा नगद दिनु पर्ने प्रचलन थियो । तर, अहिले बैंकका कर्मचारीले नगदलाई जिन्सी अर्थात रक्सी लगायतका बस्तुमा परिणत गरेर घुस लिदै आएको पनि स्पष्ट भएको छ ।

घुस्याहा बैंक मेनेजर र कर्मचारीले हैरान पारेपछि कतिपय सेवाग्राहीले अख्तियारलाई समेत गुहार गरेको छ । तर, अख्तियार भने चुपचाप देखिएको छ ।