Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

ईसेतोखरी समाचार प्रभाव : बाँकेमा २२ विमा कम्पनी बिरूद्ध मुद्दा दर्ता

नेपालगन्ज : कोरोनाको बेला गरिएका विमाको विमितले भुक्तानी नपाएको गुनासो बढेसँगै यतिबेला यस बिषयमा चौतर्फी चासो देखिएको छ । सेतोखरी मिडिया प्रालीले आफना सन्चार माध्यम ‘ईसेतोखरी अनलाइन र सेतोखरी दैनिक’मा विमक ठग्दै विमा कम्पनी शिर्षकमा मुख्य समचार प्रकाशित गरेपछि बाँकेका यस बिषयमा चर्चा चुलिदै आएको छ ।

सोमबार नेपालगन्जका कानून व्यवसायी र अधिकारकर्मीले सोही समाचारमा टेकेर उच्च अदलात तुलसीपुरको नेपालगन्ज इजलासमा कोरोना विमा वापतको रकम विमितले पाउनुपर्ने माग सहित उजुरी दर्ता गराएका छन । बाँकेमा कोरोना वमिा गरेका २२ वटा विमा कम्पनी विरूद्ध मुद्दा दर्ता भएको छ ।

यसले विमितहरूमा कोरोनाको निहुँमा गरिएको विमा रकम भुक्तानी हुनसक्ने आशा बढेको देखिएको छ ।
इन्सेकको पहलिमा नेपाल वार एशोसियसनका निवर्तमान अध्यक्ष विकास आचार्यसँगै कानून व्यवसायीहरू विश्वजित तिवारी, बलबहादुर चन्द, लोकबहादुर शाह लगायतका अधिकारकर्मीले सोमबार उच्च अदालत नेपालगन्ज इजलासमा मुद्दा दर्ता गरेको यन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत बताउँछन ।

बीमाको सामान्य सिद्धान्त अनुसार युद्ध र महामारीको बीमा हुँदैन । तर, नेपालका बीमा कम्पनी निकै हौसिएर कोरोना बीमा पोलिसी बिक्री गरेका हुन ।

बीमा कम्पनीले ३० हजारबढी विमकलाई ठाडै ठगेको खुलेको छ । कम्पनीहरूले कोरोना विमाका नाममा बाँकेमा ठगीधन्दानै चलाएका छन ।

बाँकेमा पनि दुई दर्जनजति निर्जीवन बीमा कम्पनीले ‘पुल’ माध्यमबाट एक लाख र ५० हजारको कोरोना बीमा गरेका थिए । तर, विमा कम्पनीले सरकारको निर्देशन र निर्णय समेत उल्लघन गरिरहेका छन ।

तत्कालिन अबस्थामा अर्थमन्त्री पौडेलले सात दिनभित्रै भुक्तानी दिने निर्णय गरेका थिए । जुन अहिले पनि बाँके र यस क्षेत्रमै कार्यान्वयन भएको देखिदैन । कोरोना संक्रमणका बेला विभिन्न आश्वासन देखाएर गरिएका विमा कोरोान संक्रमणपछि विमकले रकम दाबी गर्दा अहिलेपनि भुक्तानी पाउन सकेका छैनन ।

पहुँच र शक्तिको आडमा देखिएका केही व्यक्तिलाई डर त्रासले रकम भुक्तानी दिएपनि सर्वसाधारण नागरिक भने वित रकम पाउनबाट पूर्ण रूपमा बन्चित देखिएका छन ।

बाँकेमा कोरोना विमा गरेका शिखर, सगरमाथा, राष्ट्रिय विमा संस्थान, सिद्धार्थ, एजोड, लाईफ, निको लगायतका विमा कम्पनीले आमनागरिकदेखि सरकारी अधिकारीलाई समेत ठगेका छन ।

कोरोनाको निहुँमा विमा गरिएपनि सगरमाथा विमा कम्पनीले दुई बर्षसम्म रकम भुक्तानी नदिएको विमक हिम कार्की बताउँछन । भुक्तानीका लागि विमा कम्पनी धाउँदा धाउँदा हैरान भैसकेको उनी बताउँछन ।

गैरसरकारी तथा नीजि कम्पनीले मात्रै नभई राष्ट्रिय विमा संस्थानले समेत अहिलेसम्म कोरोना विमा वापतको रकम भुक्तानीमा चासो नदेखाएको पूर्णबहादुर खत्री, केशव पौडेल र प्रशन्न मिश्र लगायतका कर्मचारी बताउँछन ।
नेपालगन्ज भृकुटीनगरका मीन मल्ल, कोहलपुरकी प्रमिला लामिछाने मात्रै होइन टिकापुरकी सुशिला रेग्मी र दैलेखका भक्तबहादुर शाही पनि विमा कम्पनीबाट पीडित बनेका छन ।

रारा सहकारीका लोन मेनेजर दीपक राईदेखि सन्चारकर्मी कमल निर्मोही, भीम पौडेल, ओवीराज आचार्य, दीपेश आचार्य, चक्र केसी, विनोद पाण्डेदेखि मन भण्डारी, शोभा विसी, विशाल सदाशंकर, नविन रिजाल पनि विमा कम्पनीबाट ठगीएका छन ।

विमा कम्पनीले नागरिकलाई अनाहकमा सास्ती दिएका छन । कोरोना संक्रमण भएको दाबी पेश गरेको सात दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीले शुरूआतमा बाँकेमा कोरोना बीमा गरेका थिए । तर, अहिले दुई बर्ष वितिसक्दा पनि भुक्तानी नपाउनेको संख्या ठूलो देखिएको छ ।