Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

इसेतोखरी समाचार प्रभाव : नेपालगन्जमा सवारीको प्रदुषण मापन

नेपालगन्ज : इसेतोखरी अनलाइनमा बाँकेमा सवारीसाधनमा प्रदुषण बढेको समाचार प्रकाशित भएपछि बाँके ट्राफिकले चेकजाँच थालनी गरेको छ । यहाँ यातायात कार्यालयले दिने हरियो स्टिकरमा समेत दुरूपयोग भएको समाचार सार्वजनिक भएको छ ।

सवारी साधनको प्रदुषण लेभल परीक्षण गरिएकोछ । सवारी साधनको प्रदुषण मापन(परीक्षण) गर्दा बाँकेमा गुड्ने अधिकांश सवारी साधन वायु प्रदुषणको मापदण्ड बाहिर देखिउका छन ।

बाँकेमा प्रदुषण मापदण्डभन्दा बाहिरका सवारी साधन गुड्ने गरेको पाइएपछि यसले मानव स्वास्थ्यलाई मात्र नभएर पर्यावरणमा समेत असर गरेकाले यस्ता सवारी साधन सञ्चालनमा रोक लगाइनुपर्नेमा सेतोखरी मिडियाले आफना सन्चारमाध्यम मार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।

नेपालगन्जको राँझामा २७ वटा डिजेल र २७ वटा पोट्रोलबाट गुड्ने सवारी जाँच गरेको छ । उक्त जाँचमा १६ वटा सवारी साधन प्रदुषण मापदण्डमा फेल भएका छन् ।

एकैदिन बाँकेमा ५४ वटा सवारीसाधनको प्रदुषण जाँच्दा १६ वटा परीक्षणमा फेल भएको पाइएपछि जिल्लामा प्रदुषण मापदण्ड भन्दा बाहिरका सवारी साधन नियमन र नियन्त्रणमा समेत जिल्ला ट्राफिक प्रहरीको ध्यायन केन्द्रित भएको छ ।

डिजेलबाट गुड्ने २७ वटा सवारी साधन जाँच्दा ३ वटा र पेट्रोलबाट गुड्ने सवारी साधन जाँच्दा १३ वटा साधनले प्रदुषण मापदण्डमा फेल भएको बाँकेका ट्राफिक प्रमुख ऐनबहादुर मल्ल बताउँछन ।