Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

संघीय साँसद रविन्द्रको सक्रियता दैलेखमा अक्सिजन प्लान्ट

नेपालगन्ज : दैलेखका संघीय साँसद रविन्द्रराज शर्माको सक्रियता र पहलमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । उक्त प्लान्टमार्फत दैनिक ४० लिटरका ४० वटा अक्सिजन सिलिन्डर भर्न सकिने देखिउको छ ।

यसले दैलेखलगायत छिमेकी जिल्लामा हुन अक्सिजन अभावलार्ए सहज बनाउँने छ ।अक्सिजनको अभाव भन्दै मानिसले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको छ । कालिकोट, जाजरकोट र अछामसम्म अक्सिजन अभाव भएका वेलामा व्यवस्थापन गर्न सकिने साँसद शर्मा बताउँछन ।

दैलेखका ११ वटा पालिकाका स्वास्थ्य संस्थामा समेत सहज आपूर्ति हुने भएको छ । कोरोना भाइरस कोभिड– १९ को दोस्रो चरणका वेलामा अक्सिजन अभावले सयौँ नागरिकले ज्यान गुमाउनुपरेको थियो। दैलेखलगायत कर्णाली प्रदेशका धेरै स्थानमा समेत अक्सिजन अभाव भएको थियो ।

यही अवस्थालाई मध्यनजर गर्दै संघीय सरकारले दैलेखका लागि अक्सिजन जडानका लागि प्रदान गरेको ७५ लाख रकमवाट अक्सिजन प्लान्ट निर्माण गरिएको हो ।यस अक्सिजन प्लान्टले दैनिक ४० सिलिन्डर भर्न सक्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मी बताउँछन ।

संघीय साँसद तथा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले उक्त प्लान्टको औपचारिक उद्घाट गरिसकेका छन । दुर्गम जिल्लामा दक्ष जनशक्ति व्यवस्थापनका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने देखिएको छ ।दैलेखमा पिसिआर मेसिन सञ्चालनसँगै ५२ शैययाको कोभिड अस्पताल निर्माण भई सञ्चालनमा पनि आएको छ ।