Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

संकटका बिच जुुर्मराउँदै खेलकुद

१२ देखि १४ सम्म पालिकास्तर महिला भलिवल, साढे ६ लाख खर्चको अनुमान

नेपालगन्ज : बाँके खेलकुद विकास समिति आर्थिक संकटमा देखिएको छ । प्रदेश सरकारले खेलकुद पदाधिकारी नियुक्त गरेपनि बजेट नदिएका कारण खेल गतिविधीका लागि आर्थिक संकट देखिएको हो ।

तर, बजेट अभावका विचपनि विगत लामो समयदेखि सुस्त रहेको खेलकुद यतिबेला जुर्मुराउँन थालेको छ । दुई बर्षदेखि पालिका तहमा खासै खेलकुद हुन नसकेको बेला भर्खरै नियुक्त भएको बाँकेको खेलकुद समितिले पालिका स्तरमा खेलकुदका गतिविधी अघि बढाउने जमर्को गरेको छ ।

समितिले आर्थिक अभावकै बाबजुद कार्तिक १२ देखि १४ गतेसम्म पालिकास्तरीय महिला भलिवल प्रतियोगिता सन्चालन गर्ने भएको छ । यसका लागि आबश्यक तयारी पुरा भैसकेको बाँके खेलकुद विकास समितिका अध्यक्ष मोहीत शाह बताउँछन ।

स्थानीय तहमा महिला खेलाडी उत्पादन गर्ने र जिल तथा प्रदेश र राष्ट्रियस्तरमा समेत प्रतिनिधीत्व बनाउने उद्देश्य अनुसार यतिबेला पालिका तहमा महिला भलिवलको आयोजना गरिएको हो ।

जिल्ला भलिवल संघको समन्वय तथा प्राविधिक सहयोग र बाँकेका आठ वटै पालिकाको सहकार्यमा समितिले पहलिो पटक उक्त प्रतियोगिता गर्न लागेको अध्यक्ष शाह बताउँछन ।

खजुराको भलिवल शुक्र स्टडियममा हुने उक्त खेलका लागि सबै पालिकाबाट सहभागी टीम उपलब्ध गराईदिन पत्राचार समेत गरिसकिएको समिति बताउँछ ।

प्रतियोगितामा आठवटा महिला टीमका ७२ जना खेलाडी हुने प्रतियोगिता सन्चालक समितिका संयोजक तथा खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष कृष्णा पाठक बताउँछिन । उनकाअनुसार आफनो टीमको सबै खर्च सम्बन्धीत पालिकाले नै व्यहोर्ने भएका छन ।

करिब साढे ६ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त प्रतियोगितामा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार, सान्तोनालाई १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष पाठक बताउँछिन ।