Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

‘कि जागिर छोड, कि उपचार गर’ विरामीलाई नमार : विरामीका आफन्त

केही गर्न सकिदैन : अस्पताल, आन्दोलन चलिरहन्छ : कर्मचारी, स्वास्थ्यकर्मी र कर्मचारी ९ दिनदेखि धर्ना

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारी विविध मागसहित आन्दोलनमा उत्रिएका छन । यसले सेवा प्रवाहमा समस्या भैरहेको छ । कर्मचारीको माग सुनुवाईमा अस्पताल प्रशासन उदासीन देखिएको छ । जसले यसको प्रत्यक्ष असर विरामीलाई परिरहेको छ ।

उपचारका लागि बाँके मात्रै नभई लुम्बिनी, कर्णाली र सुदुर प्रदेशका विविध जिल्लाबाट रखेत धरौटी राखेर नागरिक यहाँ आएका छन ।तर, कर्मचारीले तलब नपाएको निहुँमा गरेको आनदोलनले उनीहरू सहज उपचार पाउनबाट बन्चित देखिएका छन । यसको जिम्मेवारी कसले लिने यतिबेला प्रश्न उब्जिएको छ ।

तलब नपाउदा तनावमा देखिएका यहाँका कर्मचारी विरामीले उपचार नपाउँदा कस्तो भएको होला यसबारेमा अलिकति पनि सिरियस भएको देखिदैन । अस्पताल प्रशासन त यो आनदोलन अर्थहीन भएको र माग पुरा हुन नसक्ने भन्दै पन्छिएको देखिएको छ ।

तीन महिनादेखिको तलब नपाएको स्वास्थ्यकर्मी र कर्मचारी ९ दिनदेखि धर्नामा छन् । उनीहरू गत कात्तिक १ देखि कालोपट्टी बाँधेर अस्पताल परिसरमै धर्नामा बसेका हुन् । जसका कारण अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द छ । लेखा र प्रशासन शाखामा ताल्चा लगाइएको छ । विरामीका विचल्ली छ ।

प्रशासन कर्मचारीको समस्या सुन्नै तयार छैन । अहिलेसम्म दुवै पक्षबीच छलफल समेत भएको छैन । यस्तो अबस्थामा कर्मचारीले कित जागिर छोडन पर्छ कित विरामीलाई सेवा प्रवाह गर्न पर्छ । तलब नदिने अस्पतालका किन काम गर्नु सबैले एकैपटक छोडिदिए हुन्न एक विरामीका आफन्तले भने ‘यो वा त्यो निहुँमा विरामीलाई सासती दिन मिल्छ ? ’

आन्दोलनरत पक्षले तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा, अवकाश, उपदान, बिमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनुपर्ने लगायत माग राखेको छ ।

तर व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारिसकेको छ । कर्मचारीका माग जायज भए पनि संस्था घाटामा रहेकाले तत्काल पूरा गर्न नसकिने अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठ बताउँछन ।

कर्मचारीका यी माग पुरा गर्न सकिदैन अस्पताल निर्देशक डाक्टर सुरेशकुमार कनोडियाले भने ‘ यतिबेला संस्था घाटा छ त्यसैले यस्तो बेला कर्मचारीको सेवासुविधा बढाउने कुरै आउँदैन ।’

अस्पतालले माग पुरा नगर्दासम्म आन्दोलन गरिने आन्दोलन परिचालन कमिटीका सहसंयोजक कुश्माखर बस्याल बताउँछन । तर, यसबाट विरामीमा पर्न जाने असर र प्रभावका बारे उनी कुनै प्रतिक्रिया दिदैनन ।