Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

स्टार र क्यासिनो : पुलिसलाई बुझाउँछन मासिक ५० हजारदेखि २ लाख

ईसेतोखरी फ्लोअप : बाँकेमा जुवाखाल : कोहलपुर प्रहरी एक्शनमा, नेपालगन्ज चुपचाप, होटलमा इन्स्पेक्टरको कनेक्शन

नेपालगन्ज :  बाँकेको कोहलपुरमा जुवा अखडा व्यापक चलिरहेको सुराकीका आधारमा कोहलपुर प्रहरीले कडा निगरानी अघि बढाएको छ । ‘सेतोखरी दैनिक र ईसेतोखरी अनलाइन’ मा सोमबार ‘बाँकेमा जुवाखाल उदासीन प्रहरी’ शिर्षकमा मुख्य समाचार प्रकाशित भएपछि मंगलबार कोहलपुर प्रहरी एक्शनमा गएको हो ।

बाँके प्रहरीको संरक्षणमा नेपालगन्जका साना, मझौला तथा स्टार होटलमा जुवाखाल चलिरहेको देखिएको छ । यद्दपी बाँके प्रहरी तैचुप मैचुपको अवस्थामा छ ।उसले नेपालगन्जका होटलमा छापा मार्ने त परै जाओस भित्र पस्ने समेतको आँट गरेको देखिदैन ।

स्रोतका अनुसार बाँके प्रहरी र जुवा खेलाउनेबिच गतिलै आर्थिक सेटिङ भएको छ । एक क्यासिनाका सन्चालकका अनुसार नेपालगन्जमा रहेका हरेक क्यासिनोले आम्दानीको मात्रा अनुसार मासिक १ देखि दुई लाखसम्म प्रहरीलाई बुझाउने आन्तरिक सहमति गरेका छन ।

ठुला केही स्टार होटलले मासिक ५० हजारदेखि डेढ लाखसम्म नगद वा सोही अनुसारको कुनै बस्तु गिफ्ट मार्फत बाँके प्रहरीका अधिकारी देखि डिआईजीसम्मलाई बुझाउने गरेको खुलेको छ ।

स्मरणहोस, यसअघि बाँके प्रहरीले सोल्टी क्यासिनोबाट महँगो रक्सी उपहार स्वरूप भन्दै लिएको खुलेको थियो । तर, कोहलपुर प्रहरीले मंगलवार साढे तीन लाख रकमसहित पिपिरीबाट ६ जुवाडेलाई पक्राउ गरेको डिएसपी रविन्द्र खनाल बताउँछन ।

उनकाअनुसार कोहलपुरबाट खटिएको बिशेष प्रहरी टोलिले जुवा खालमा छापा मारेर रकमसहित जुवाडेलाई पक्राउ गरेको हो ।जुवा खेल्दा चोकमा सुराकी राखेर खेल्ने र प्रहरी जान साथ जुवाडे लाई भगाउने कार्य पुलिसबाटै हुने गरेको खुलिसकेको छ ।

प्रहरी देख्दा जुवाडे सहजै भाग्न सक्ने भएपछि कोहलपुर प्रहरीले एम्बुलेन्सको प्रयोग गरेको थियो । विरामी लिएर आाएको निहुँ बनाएर जुवाडे भएके ठाउँमा पुगेको प्हरीले त्यहि एम्बुलेन्समा ती जुवाडेलाई कोचेर खोरसम्म पु¥याएको हो ।

तर, नेपालगन्जमा जतातत्रै जुवाखाल भएपनि वडा प्रहरी कार्यालय नेपालगन्जका यन्स्पेक्टर डिल्ली खड्काको गतिलो आम्दानी बढेसँगै चुपचाप देखिउका छन ।

उनको सेटिङ्ग जिल्ला प्हरीका उचच अधिकारीदेखि डिआईजी र नेपालगन्जका केही पत्रकार भनिने व्यवसायीसँग समेत रहेको खुलेको छ। नेपालगन्जको जुवाखालमा पुलिस मात्रै होइन पत्रकारको समेत संलग्नता रहेको होटल व्यवसायी बताउँछन ।