Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

एमालेको नगर अधिवेशन : कसले मार्ला बाजी

मंगलबार अधिवेशन : नगर अध्यक्षमा ६ नेताको चर्चा, दत्तप्रसाद र भास्करकै घम्साघम्सी

नेपालगन्ज : नेकपा एमालेको नगर अबिधेशन मंगलबार हुँदैछ । वडा अधिवेशन आइतबार सकेको एमालले मंगलबार बाँकेका सबै गाउँ र नगरको अधिवेशन गर्न लागेको हो ।

यतिबेला नेपालगन्ज उपमहानगरपालिकामा नगर अध्यक्ष कसको पोल्टामा पर्ने हो आमएमालेका नेता कार्यकर्ता र शुभेच्छुकमा कौतहल्ताको बिषय बनेको छ । यसका लागि ६ जनाको नाम सोमबार बेलुकासम्म बजारमा चर्चामा रहेको छ ।

जसमा भीम रानाभाट, दत्तप्रसाद आचार्य, राम थापा, मोहित शाह, हशं खनाल र भास्कर काफलेको नाम सुनिएको छ । यद्दपी यी सबैभन्दा बलिया र अनुभवी नेताका रूपमा दत्तप्रसाद आचार्य र भाषकर काफले नै देखिएका छन ।

मोहीत शाह विद्यार्थी नेतासँगै खेलकुदको जिल्ला अध्यक्ष भइसकेका कारण पनि उनको नगर अध्यक्षमा सम्भावना कम देखिएको एमाले बाँकेका शिर्ष नेता नै बताउँछन ।

राम थापालाई धेरैले सहयोग नगर्ने बुझिएको छ । भीम रानाभाट हशं खनाल विगतमा जेसुकै भएपनि यतिबेला एमालेमा खासै चलेका नेता कार्यकर्ता नभएको कतिपय मतदानादेखि नेताहरू नै बताउँछन ।

दत्तप्रसादसँग नगर कमिटीमा रहेर विगत लामो समयदेखि काम गरेको अनुभव छ । उनीअहिले पनि नगर कमिटीको सचिव हुन । यद्दपी अध्यक्षका लागि पदीय जिम्मेवारी र अनुभव तथा संगठन र पार्टीको लागि उनको खटाइले नगर अध्यक्षका लागि उनी सबैभन्दा सशक्त देखिएका छन ।

एमालेमा आचार्यलाई नगर अध्यक्ष नबनाउने एउटा झुण्ड पनि देखिएको छ । यसैले अहिलेको नगरअध्यक्ष उनी बाहेकको नयाँ अनुहार आउन सक्ने पनि उत्तिकै सम्भावना छ ।

भास्कर काफ्लेको उममेदवारी छ । तर, उनी राजनीतिमा सक्रिय देखिदैनन एक एमालेका नेताले भने ‘बर्षदिनमा ६० दिनपनि पार्टी कार्यालय नआउने व्यक्ति कसरी नेता हुन्छ ।’ यद्दपी काफ्ले विगतमा विद्यार्थी राजनीतिका खम्बा पनि हुन ।

जसले जे भनेपनि अन्तत ः उम्मेदवार जति भएपनि होटल व्यवसायी संघको अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत भएका काफ्ले र तत्कािलन नगर अध्यक्ष पनि भैसकेका अहिलेका नगर सचिव दत्त्रसाद आचार्य बिच नै घम्कासघम्सी पर्ने देखिएको छ ।