Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

बरिष्ठ नेता पौडेल र मन्त्री हमाल अन्तरङ्ग

प्रधानन्यायधिशले केपी ओलीसँगको सेटिङ्गमा काम गरेको रामचन्द्रको खुलासा, पार्टी संगठन विस्तारमा लाग्न निर्देशन

नेपालगन्ज : प्रधानन्यायधिशले पुर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीसँगको सेटिङ्ग गरेर थुप्रै काम गरेको खुलेको छ । काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले नेपालगन्जजमा प्रदेशमन्त्री सुरेन्द्र हमाल र सनत रेग्मीसँगको भेटमा यस्तो खुलासा गरेका हुन ।

प्रदेश मन्त्री सुरेन्द्र हमालसँग प्रधानन्यायधिसले कतिपय काम केपी ओलीसँगको ‘सेटिङ्ग’मा गरेको बरिष्ठ नेता पौडेलले बताएका छन ।

तिमी हामीले विधि र प्रक्रियाको विरोध गर्ने पो हो बरिष्ठ नेता पौडेलले भने ‘ म तिमीलाई मन्त्री बनाउन लागेकै हो ।’ उनले थपे ‘ नपत्या विरेन्द्र कनोडियासँग सोध्नु त ।’

नेता पौडेल र मन्त्रीहमाल बिच यस्तो भलाकुसारी हुँदा काँग्रेस बाँकेका नेता समेत रहेका सनत रेग्मी भने एकोहोरो सुनिरहेका थिए । उनले यस बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन ।

प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा पत्रकारलाई करिब दुई घण्टा कुराएका बरिष्ठ नेता पौडेलसँग पुर्वमन्त्री गजेन्द्र हमालले पनि विविध दुखेसो पोखिरहेको काँग्रेस नेता कार्यकर्ताले बताएका छन ।

उक्त भलाकुसारीमा मन्त्री सुरेन्द्र हमालले बरिष्ठनेता पौडेललाई भने–‘मलाई हजुरले पनि कम माया गर्नुहुन्छ भन्ने लाग्छ ।’ यसको प्रतिजवाफमा पौडेलले भने ‘सुरेन्द्र गलत सुन्यौ, मैले त तिमीलाई मन्त्री बनाउन पनि कुरा गरेको हुँ, नपत्याय विरेन्द्र कनोडियासँग सोध्नु त ।’

बरिष्ठ नेता रामचन्द्र पौडेलले सुरेन्द्र हमाललाई काँग्रेसको संगठन विस्तारमा अझै अगाडी बढ्नु सुझाव समेत दिएका छन ।यसले बरिष्ठ नेता पौडेल र मन्त्री हमालबीचको यस्तो आत्मियता प्रगाढ भएको झल्काएको देखिएको छ ।

बाढी तथा डुवानको अवस्थाका बारेमा पीडितलाई भेट्न सुदूर पश्चिम पुगेका नेता पौडेल आईतबार बाँके आएका हुन । यद्दपी उनलाई पाटी सभापति शेरबहादुर देउवा जहाँ जहाँ जान्छन त्यहि त्यहि पछौटे भएर जान थालेको आरोप लागिरहेको छ ।

केही दिनअघि काँग्रेस सभापति तथा प्रधानमन्त्री सुदुरको भ्रमण सकेर राजधानी फकिएका थिए । तर, बरिष्ठ नेता पौडेलसँग नजिक रहेका पत्रकार खिला कार्की भने बाहिर आए झै यो हल्ला र निराधार आरोप मात्रै भएको बताउँछन ।

मन्त्री पद खुस्किएपछि विरक्त बनेका ४० घण्टेमन्त्री गजेन्द्र हमाललाई समेत सान्तोना दिदैं बरिष्ठ नेता पौडेलले पार्टी संगठनमा लाग्न आग्रह गरेको बाँके काँग्रेसले बताउँछ ।

तस्विर सौजन्य : बसन्त उपाध्याय