Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

अस्पताल हाँकेकी सेलिब्रेटी ‘डाक्टर’

नेपालगन्ज : हरेक क्षेत्रमा महिलाको सहभागिता कम छ । त्यसमा पनि महिलाले धेरै हिंसाको सामना गर्नुपरेको देखिएको छ । युद्धभूमीदेखि शयन कक्षसम्म महिलाले हिंसा सहँदै आएका छन् । सबैजसो देशको सामाजिक संरचनाले महिलालाई विभिन्न विभेद तथा हिंसा सहन बाध्य बनाएको छ ।

समग्रमा भन्नुपर्दा नेपालमा महिलाको स्थिति निकै नाजुक छ । विबिध समस्या छन् । तर, यी समस्यासँग जुध्दै कतिपय महिलाले उदाहरणीय काम गर्दै आएका छन् ।

पछिल्लो समय कोरोना संक्रमितको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका मानिदै आएको छ । तर, यी सबलाई सहज र कुशल तरिकाले व्यवस्थापन गर्नु ठूलो चुनौती थियो र अहिले पनि छ ।

नेपालगन्जमा कान्ति आरोग्य अस्पतालकी सन्चालिका स्मार्ट डाक्टर रोमा बोराले यही चुनौतीलाई अवसरका रूपमा परिणत गरेकी छन । नेपालगन्ज मेडिकल कलेजमा कार्यरत बालरोग बिशेषज्ञ डाक्टर बोरा ले कोरोना संक्रमणका बेला ज्यानको माया मारेर विरामीको निःशुल्क उपचारमा तल्लित भएका थिए ।

कपिलबस्तुको सोमडिहमा बुबा÷आमा– राजेन्द्र बोरा÷उषा बोराको कोखबाट जीनकएकी बोराको बाल्यकाल अत्यन्तै सुखद बितेको थियो । संयुक्त परिवारमा भएकै कराण पनि उनले आफन्तर अभिभावबाट अगाध स्नेह र प्रेम पाएकी थिइन ।

तीन बर्षको उमेरमा गाउँकै स्कुलमा प्राथमिक शिक्षा सुरु गरेकी बोरो अहिले शिवपती इन्टरकलेज सिद्दार्थनगर शोहरतगन्जबाट एस एल सि र आइ एस्सीको अध्ययन पूरा गरेकी हुन । आइएस्सीमा कलेज टपर बोरा अहिले बाँके, बर्दिया क्षेत्रकी महिला बिशेष टपर डाक्टर बनेकी छन ।

आइएस्सीको अध्ययन पछि सन २००० बाट नेपालगन्ज मेडिकल कलेजमा एमविविएस र एमडीकोे अध्ययन सुरू गरेकी डाक्टर बोरा आईसियू अध्ययन केजिएमसी लखनउबाट पूरा भएको बताउँछिन ।

नेपालगन्ज मेडिकल कलेज बाट २०११ मा एमडि पूरा गरेकी उनी त्यहि बेलादेख नेपालगन्ज मेडिकल कलेजमा बालरोग बिशेषज्ञका रूपमा काम गर्न थालेकी थिइन । यसपछि शुरूआत भयो जागिरे जीवन ।

मेडिकल कलेजको एसोसिएट प्रोफेसर भइ एमविविएस र एमडिका विद्यार्थीलाई अहिले पनि अध्यापन गराउँदै आएकी बोराले नेपालगन्जको धम्बोझी आफनै लगानीको कान्ति आरोग्य अस्पताल पनि सन्चालनमा ल्याएकी छन ।
अहिलेसम्म बिकट ग्रामीण क्षेत्रमा १५ वटा स्वास्थ शिबिर संचालन गरिसकेको अनुभवले खारिएकी उनी बालबािलकाको उपचारका लागि स्पट बिज्ञ र लोकप्रिय मानिन्छिन ।

कान्ति आरोग्य अस्पतालले कोरोना महामारीको बेला २ महिना निशुल्क चेकजाँच गरेको थियो । अहिले पनि उक्त असपतालमा सिकलसेल, थालेसिमियाको बेड चार्ज निशुल्क गरिएको उनी बताउँछिन । अस्पतालले गरिव तथा असहायलाई निशुल्क स्वास्थ्य सेवा दिदै आएको छ ।

नेपालमै पहलिो पटक थालेसिमिया म्युटेसन अनुसन्धान गरिकी डाक्टर बोरा नवजात शिशु तथा बालबालिकामा केन्द्रीत रहेर १० वटा अनुसन्धान गरको बताउँछिन ।

बालबालिकामा बढीजस्तो निमोनिया, रूघाखोकी, झाडापखाला, टाइफाइड, टिबि जस्ता संक्रामक रोगनै बढी देखिने गरेको उनको अनुभव र अध्ययनले समेत देखाएको छ । कान्ति आरोग्य क्लिनिक बिगत ४ बर्ष देखि संचालनमा आएको छ । १ बर्ष देखि १५ शैयाको अस्पताल संचालनमा छ ।

तिहार लगत्तै शल्यक्रिया सेवा, प्रसुती शल्यक्रिया दुरविन प्रबिधिबाट अप्रेसन, जनरल सर्जरी शुरू हुने भएको छ । अहिलेसम्म कति हजारं बालबालिकाको उपचार गरियो यसको लोखाजोखा नै छैन ।

डाक्टर बोरा भन्छिन ‘कान्ति आरोग्य अस्पताललाई मैत्रीपुर्ण बाताबरणमा सबै किसिमका रोगको गुणस्तरीय उपचार गर्ने अस्पतालको रूपमा बिकास गर्दैछौ ।’ आफना यी हरेक सफलता र प्रगती तथा सेवामा श्रीमानसँगै घरपरिवारको अतुलनीय सहयोग रहेको र जन्मदाता आमाबुबाको सहयोग हौसलाले समाजमा राम्रो काम गर्ने प्रेरणा मिलेको बताउँछिन ।