Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

‘खेलकुदमा विज्ञानको सहयोग जरूरी’

नेपालगन्ज : लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले परम्परागत तरिकाले खेलकुद अघि बढ्न नसक्ने बताएका छन ।

खेलकुद अगाडि बढाउन विज्ञानको सहारा लिनुपर्ने आवश्यकता औंल्याउँदै नेपालगन्जमा आयोजित एक कार्यक्रममा उनले खेलकुदमा पनि अब नयाँ प्रविधी र ज्ञानको जरूरी देखिएको बताए ।

शारीरिक बनोट र परिवारिक बंशाणुगत गुणको आधारमा खेलकुदमा लाग्न नयाँ पिढीँलाई प्रेरित गर्दे उनले बाँको मात्रै नभई लुम्बिनी प्रदेशके खेल क्षेत्रको विकासमा सरकारले ध्यान दिन पर्ने सुझाव दिएका छन ।

बर्षाले किसानको धानबालीमा पु¥याएको क्षतीको लागि लुम्बिनी प्रदेश सरकारले राहतको व्यवस्था गर्ने उनले जानकारी दिए ।

कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशले प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री हमाललाई स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, खेलकुद बाँके अध्यक्ष मोहित शाह, संघका अध्यक्ष नरेन्द्र थापा लगायतका काँग्रेस नेता कार्यकर्ता तथा खेलाडीको हसभागीता थियो ।