Loading... आजः १५ मंसिर २०७८, बुधबार ।। Wednesday 1st December 2021

असोजमा १५ दुर्घटना : ८ जनाको गयो ज्यान

नेपालगन्ज : बाँकेमा पछिल्लो एक महिनामा १५ वटा सडक दुर्घटना भएका छन । जसमा ८ जनाले ज्यान गुमाएका छन । चार जना गम्भीर घाइते छन् । सबैभन्दा बढी सवारी दुर्घटनामा परेर पूर्वपश्चिम राजमार्गको कोहलपुर–शिवखोला सडक खण्डमा ३ जनाले ज्यान गुमाएका छन् ।

नेपालगञ्ज–गुलरिया सडक खण्डको धनौली क्षेत्रमा २ जनाले, राझा नजिकै १ जना, नेपालगञ्ज सुर्खेतरोडमा १ जनाले र राझाको गाउभित्र एकजनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको बाँके ट्राफिक प्रमुख इन्स्पेक्टर ऐनबहादुर मल्ल बताउँछन ।

एक महिनाको अवधीमा ट्राफिक नियम विपरित सडकमा गुडेका २ हजार ८ सय ५० सवारी साधनलाई कारवाही गरी १५ लाख ८० हजार राजस्व समेत संकलन गरिएको उनी बताउँछन ।

उनकाअनुसार असोज महिनामा मापसे कारवाहीमा ५ जना परेको जानकारी दिदै उनीहरूबाट ५ हजार राजस्व संकलन गरिएको छ । यसै अबधीमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने १७ वटा सवारी साधनलाई कारवाही गरि १७ हजार राजस्व संकलन गरिएको छ ।

कोहलपुर र नेपालगञ्ज बजार क्षेत्रमा प्रेसेर हर्नको प्रयोग गर्ने सवारी सवारी साधनलाई कारवाही गरिएको छ । प्रेसर हर्न राखिएका १ सय ३ वटा सवारी साधनबाट हटाईएको छ । ४२ वटालाई कारवाही गरिएको उनी बताउँछन ।