Loading... आजः १६ मंसिर २०७८, बिहीबार ।। Thursday 2nd December 2021

रङ्गशालाप्रति खेलकुद मन्त्री नै उदासीन

खेलकुद मन्त्रीको सम्मान मोह : संरक्षण अभावमा नेपालगन्ज रंगशाला जीर्ण बन्दै, स्थानीय सरकारदेखि जनप्रतिनिधी हुँदै मन्त्रीसम्म बेखबर

नेपालगन्ज : खेलकुदका क्षेत्रबाट बाँकेलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गरेका खेलकुद मन्त्री महेश्वरराज गहतराज‘अथक’ले नेपालगन्ज रङ्गशालको अनुगमन र रेखदेखमा यतिबेला चासो दोखएका छैनन ।

खेलकुद मन्त्री भएपछि गएको २७ गते नेपालगन्ज आएका मन्त्री गहतराज आयतबार विहान राजधानी फर्किएका छन । करिब ५ दिनको बाँके बसाईमा सम्मान र उपहार लिदैमा मख्ख देखिएका गहतराजले एकपटक रङ्गशालाको हेरफेर गर्न चासो नदेखाएको बाँके खेलकुद विकास समितिका पदाधिकारी बताउँछन ।

खेलकुद समितिले सम्मान गरेपनि मन्त्रीज्यू रंगशाला हेर्न र केही सुझाव दिन आउनुपर्ने हो तर, उहाँले यस बषियमा खासै चासो देखाउनु भएन एक पदाधिकारीले भने ‘मन्त्रीको प्राथमिकतामा नेपालगन्जको रङ्गशाला परेनछ क्या हो । ’

करिब पाच्ँदिन बाँकेमा रहेर सरकारी तथा गैरसरकारी मात्रै होइन नीजि र व्यक्तिगत आयोजनाका कार्यक्रममा सम्मान थाप्न आतुर मन्त्री गहतराज नेपालगन्ज रगशालामा मात्रै होइन कोहलपुरमा उनले नै घोषणा गरेको महिला क्रिकेट मैदान निर्माणस्थलमा समेत नपुगेको कोहलपुरका क्रिकेट खेलाडी नै बताउँछन ।

बाँकेले पहिलो पटक युवा तथा खेलकुद मन्त्रालय पाएको हो एक खेलाडीले भने ‘तर, यहि भएर यहिको रगशालामा समेत मन्त्री नपुग्दा अलि खल्लो महशसु भैरहेको छ । ’ युवालाई स्वरोजगार बनाउने, खेलकुद क्षेत्रलाई टेवा पुर्‍याउने तथा स्काउट लगायतलाई चलायमान र क्रियाशिल बनाउने कार्यकालागि नितिगत र कानुनी रुपमा रही गर्न सक्ने जस्तो सुकै काम पनि प्रतिबद्धता जनाएका मन्त्री गहतराजको रगंशाालप्रतिको उदासीनताले उनका प्रतिबद्धतामािथ प्रश्न उब्जिएका छन ।

मन्त्रीका सचिवालय सदस्य शिव सुनाका अनुसार मन्त्री ज्यू कुनैपनि व्यक्तिगत कार्यक्रममा नगएको पार्टी, संघसंस्थाको कार्यक्रममै व्थिए । समय अभावका कारण रंगशाला र क्रिकेट मैदानको अनुगमन तथा निरिक्षण गर्न नसकेको हुन सक्ने अथको सचिवालयका सदस्य बताउँछन । यसअघि मन्त्री अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी बनाउने घोषणा गरिसकेका छन । तर, काम भने हेर्न बाँकी नै छ ।