Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

कमाई खाने भाडो बन्दै बागेश्वरी मन्दिर

धार्मिकस्थल नै व्यापारी केन्द्र, बागेश्वरीको समाचार संकलनमा अवरोध, दोषीमाथि कारवाही होस : अनलाइन पत्रकार संघ बाँके

नेपालगन्ज : पश्चिम नेपालको मुख्य धार्मिक आस्थाको केन्द्र नेपालगन्जको बागेश्वरी मन्दिर परिसर आजभोली व्यापारीक थलो बन्दै गएको देखिएको छ ।

धार्मिक आस्थाका लागि दैनिक सयों दर्शनार्थी आउने उक्त मन्दिर परिसरमा आजभोली बसेका केही पुजारी, पण्डिडत र यहाँ महन्त, साधुले महाराज समेत आर्थिक कमाउ धन्दामा सक्रिय देखिन थालेका छन ।

कुनैपनि धार्मिक कार्यक्रका लागि आउने व्यक्तिसँग उनीहरू भेटीका निहुँमा धेरै रकम असुल्न लागि पर्ने गरेको धर्मालम्वीको गुनासो छ ।

मन्दिरका पुजारी देखि मुल महन्त समेत बेला बखतमा विविध बिषयमा विवादीत बन्दै आएका छन । यसअघि आर्थिक कारोवार र जमिनका बिषयमा विवादीत बनेका महन्त अहिले पनि विवादीत बनेका समाचार बाहिरीएका छन ।

बागेश्वरी मन्दिरमा मासिक र बार्षिक कति आम्दानी हुन्छ, कहाँ खर्च हुन्छ यसबारे अहिलेसम्म मन्दिर व्यवस्थापन समितिले समेत कुनै विवरण सार्वजनिक गर्न सकेको छैन । यहाँ संकलित भेटी पनि कति हुन्छ र कहाँ छ भनने कसैलाई खासै जानकारी भएको देखिदैन ।

प्राय विादीत भैरहने यहाँका मुल महन्त चन्द्रनाथ योगी यतिबेला फेरी विवादमा तानिएका छन । हिन्दुहरुको महान चाड बडादसैंको अवसरमा मन्दिरमा पूजाआजा गर्ने भक्तजनको भिड बढेको विषयमा समाचार संकलन गर्न पुगेका नेपालगन्जका केही पत्रकारलाई समाचार संकलनमा रोक लगाएर उनी विवादमा तानिएका हुन ।

व्यापारी केन्द्र बनिरहेको धार्मिक स्थलमा चासो नदिएका महन्तले यहाँ भएका गलत कुरा बाहिरीने बुझेपछि पत्रकारलाई समेत समाचार संकलनमा रोक लगाएको हुन स्क्ने बुझिएको छ । पत्रकारलाई उनले रोक लगाएका हुन्।

मुल महन्त योगीले कान्तिपुर टेलिभिजनका पत्रकार जे. पाण्डे, सविता जिसीमाथिे सोमबार बिहान समाचार संकलनमा रोक लगाएको उनीहरू बताउँछन ।

बिहान ७ बजेको कान्तिपुर टेलिभिजनको समाचारका लागि मन्दिर परिसरबाट प्रत्यक्ष प्रशारण गर्न भनि त्यहाँ गएका पत्रकारलाई महन्तले पत्रकाारिता पेशामाथि नै तथानाम गाली गर्दै मन्दिर परिसरमा फोटो र भिडियो खिच्न रोक लगाउनुका साथै दुर्व्यवहार गरेको पत्रकार पाण्डे बताउँछन ।

टिभीमा लाइभ गर्ने तयारीमा थियौं, क्यामेरा निकाल्दै गर्दा ठिक त्यही बेलामा मुल महन्त आएर तथानाम गाली गर्न थालेको उनी बताउँ५न । उनले भने ‘ भिडियो तथा फोटो नखिच्न भनेपछि हामीले खिच्न पाएनौं ।’

सरकारले बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको सूचीमा समेत राखेको छ । तर, महन्त योगीको यस्तो शैलीले धार्मिक पर्यटकीय स्थल बागेश्वरीको प्रचार–प्रसार कत्तिको होला ? यतिबेला जनमनमा प्रश्न उठिरहेको छ । यस विषयमा प्रतिक्रिया लिन मुल महन्त योगीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

अनलाइन पत्रकार संघ नेपालले उक्त घटनाको घोर भत्र्सना गर्दै पत्रकारलाई समाचार संकलनमा अवरोध पु¥याउने जोकोही माथि कारवाह िगर्न बाँके प्रशासन र बागेश्वरी मन्दिर व्यवस्थापन समितिलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष कमल न्यौपानेले जारी गरेको प्रेस नोटमा पत्रकारमाथि यस्ता कार्य आइन्दा दोहोरी महन्त र मन्दिर व्यवस्थापन समितिका विरूद्ध कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।