Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

बन्ला त कोहलपुरमा महिला क्रिकेट एकेडेमी ?

नेपालगन्ज : बाँकेको कोहलपुर क्षेत्रमा क्रिकेट मेदान निर्माणको अभियान पुरानो हो । तर, ‘जुन जोगी आएपनि कानै चिरिएको’ भने झै अहिलेसम्म उक्त ठाउँमा लक्ष्य अनुसारको मैदान निर्माण हुन सकेको देखिदैन । यसका लागि लाखौं खर्च भने भैसकेको छ ।

क्रिकेट मैदान बनाउन सरकारले नसकेको बेला भर्खर मन्त्री बनेका महेश्वर गहतराज ‘अथक’ले कोहलपुरमै महिला क्रिकेट एकेडेमी खोल्ने धङ्धङ्गी देखाएका छन ।

मैदान वा एकेडेमी बन्ला, नबन्ला तर मन्त्री भएकै दिन खेलकुदका बारे यति बोल्नु ‘अथक’का लागि सकरात्मक पक्ष हो । तर, बषैंदेखि अलपत्र परेको क्रिकेट मैदान अहिले पनि वेवारिसे झै भएको बेला महिला क्रिकेट एकेडेमी तत्कालै वा अथकै पालामा बनिहाल्छ भन्ने कुरामा ढुक्क हुन सकिने भने अबसथा छैन ।

मन्त्रीको पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा ‘अथक’ले गरेको निर्णय सतप्रतिशत कार्यान्वयन भएको खण्डमा पनि अबको बाँके एक बर्षमा उक्त एकेडमी बन्न सक्ने वा नसक्ने दोधार देखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारमा गहतराज नेकपा माओवादी केन्द्रबाट युवा तथा खेलकूद मन्त्रीका रूपमा सरकारमा सहभागी भएका छन ।

उनी मन्त्री भएपछि बाँकेको खेल क्षेत्रले ठुलो अपेक्षा गरेको छ । यहाँका खेलाडी उत्साहित भएका छन । खेल क्षेत्रको विकासमा एकेडेमी मात्रै होइन बाँकेको सबै खेलमा उत्तिकै ध्यान दिनुपर्ने देखिएको छ ।

सबै खेलका प्रशिक्षक छैनन । मन्त्रीले बाँकेमा खेलिने सबै खेलका प्रशिक्षकको व्यवस्थापनमा ध्यान दिनुपर्ने छ । भएका प्रशिक्षक हाजिर लाएर तलब खाने अनि नीजि संस्थामा डोजो बनाएर खेल खेलाउने गर्न थालेका छन । यसको रोकथाम जरूरी देखिएको छ ।