Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

खजुराको सडक निर्माणमा लापरवाही : स्थानीय उत्रिए विरोधमा

सडकजामदेखि ठेकेदार र गाउँपालिका विरूद्ध नारावाजी, चुपचाप जनप्रतिनिधी

नेपालगन्ज : खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्रमा अहिले सडक जाम गरिएको छ । सडक विस्तारका नाममा गाउँपालिका र ठेकेदार कम्पनीले प्रभावकारी काम गर्न नसकेर नागरिकको स्वास्थ्यमा धुलो चटाएको भन्दै स्थानीयले सडक जाम गरेका हुन ।

फोर लेन लगायतका सडक विस्तारका नाममा गाउँपालिका र ठेकेदारको मिलेमतोमा पाँच बर्षदेखि आधा काम पनि हुन सकेको देखिदैन । मिलेमतो र सेटिङमा सडक विस्तारको काममा ढिलाई हुँदा स्थानीय नागरिक धुलो हिलो धुवाको प्रदुषणबाट पीडित भएको स्थानीय खजुराबासी बताउँछन ।

गाउँपालिकाले तयारका पारेको यो सहितका दर्जन बढी योजना अहिले पनि असफल देखिएका छन । ५ बर्ष सम्म २ किलोमीटर बाटो नबनाइ खजुराबासी को स्वास्थ्य मा गम्भीर असर पर्ने गरि समस्या पार्ने ठेकेदार का विरुद्ध खजुराबासीले सडक जाम गरेको स्थानीय सतिश निरौलाले बताएका छन ।