Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

अख्तियारको हचुवादारी मुद्दा

मुद्दा दर्ता गरि विगो तोकिएका जनप्रतिनिधि गाउँपालिकामै भेटिएनन, रोकियो अनुसन्धान र कारवाही

नेपालगन्ज : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पुरा विवरण नखुलेको हावादारी मुद्दा दर्ता गरी विगो कायम गरेको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ जेठ १० गते विशेष अदालतमा बाँकेको बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि विरूद्ध मुद्दा एउटा मुद्दा दर्ता गरेको खुलेको छ । तर, उक्त मुद्दामा आरोपपित भनिएका खिमलाल पाण्डे उल्लेख छ । उनले गैरकानुनी लाभ लिई हानी नोक्सानी गरेको उजुरीमा आरोप छ ।

उक्त आरोपमा खिमलालविरुद्ध १ लाख ५८ हजार ७ सय ७१ रूपैयाँ बिगो माग दावी गरिएको छ । तर, अख्तियारले वडाध्यक्ष भने पनि पाण्डे कति नम्बरका वडाध्यक्ष हुन् भन्ने खुलाएको छैन ।

गाउँपालिकामै खिमलाल पाण्डे नाम गरेका कुनै जनप्रतिनिधि नभएको पालिका अध्यक्ष मानबहादुर रूचाल बताउँछन ।

यसले पनि अख्तियारको उजुरी रेकर्ड अनुसारको नाम पद र गाउापालिकाको दाबी विवादीत बनिरहेको छ । को हुन त पाण्डे ? अख्तियार र गाउँपालिकालाई नै थाहा छैन ।

अख्तियारले आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्म जनप्रतिनिधिले गैरकानुनी रुपमा लाभ लिई हानी नोक्सानी गर्नेको सूची सार्वजनिक गरेको छ । जसमा देशभरका २३ पालिकाका जनप्रतिनिधि छन् ।

उक्त प्रतिवेदनमा बैजनाथ गाउँपालिकाका वडाध्यक्ष खिमलाल पाण्डेको पनि नाम छ । तर, उक्त गाउँपालिकामा यस नामका कुनै जनप्रतिनिधि नभएको देखिएको छ । उनी कर्मचारी हुनसक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार उनी रिटायर भइसकेका छन् ।

तर, बैजनाथ गाउँपालिका ३ का वडा सदस्य कहरसिंह थापा आर्थिक लेनदेनको घटनामा मुछिएको पुष्टि भएपछि निलम्बनमा परेका थिए ।

तर, गाउापालिकाले सो नाम गरेको जनप्रतिनिधी पालिकामा नभएको बताएपनि अख्तियारले भने यस बिषयमा अहिले कुनै प्रतिक्रिया दिएको छैन । घटना के हो अनुसन्धान पछि यथार्थ विवरण सार्वजनिक हुने बुझिएको छ । तर, बिशेष अदालतमा मुद्दा भने दायर भैसकेको स्रोत बताउँछ ।