Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

उद्योग मन्त्री हमालले दिए राजीनामा

काठमाडौं : सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।उनी केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएको बुझिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने घोषणा गरेका थिए । उक्त बिरोध भए पछी उनले राजिनामा दिएका हुन ।हमाल शुक्रबार आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।

उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए। उनी मन्त्री भएपछि कानुनविदहरूले पनि विरोध गरेका थिए। उनी संसद बिना मन्त्री भएपछि चौतर्फी आलोचना र विरोध भैरहेको छ । अन्तैबाट