Loading... आजः ९ कार्तिक २०७८, मंगलवार ।। Tuesday 26th October 2021

शुरू भयो सहुलियत खसीबोका बिक्रि

प्रतिकिलो १० रुपैयाँ छुट, बिक्रीमूल्य प्रतिकिलो ६ सय ४०, भारतीय खसीबोका आर्यातमा कमी

नेपालगन्ज : सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत शनिबार बाट खसीबोका बिक्री सुरु भएको छ ।

चाडबाडको मुखमा खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारी घोषणाअनुसार बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । खसीबोका खरिदका लागि सर्वसाधरणहरू खरिदबिक्रि केन्द्रमा आउन थालेका छन । विहान बिहान ७ बजेदेखि बिक्री सुरु गरिने खाद्यलले बताएको छ ।

भारतीय खसीबोका आर्यातमा कमी आएको छ । स्थानीय उत्पादन खरिदमा जोड दिन थालेपछि वार्षिक दुई हजार ६ सय मेट्रिक टन मासु उत्पादन भैरहेको व्यवसायी बताउँछन ।

बाँकेमा उत्पादन ८० प्रतिशत यही खपत हुने गरेको देखिएको छ । बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले खसीबोका पालन गरेका छन् ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगन्जका तथ्याङ्क अनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५ सय हाराहारी खसीबोका खपत हुने अनुमान छ ।

दसैँ र तिहारको एक महिनाको समयमा ४ सय ६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने देखिएको छ । ठूलो संख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको छ ।

दसैँ तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ। यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् ।खसीबोकाको मासु घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको पशु सेवा कार्यालय बाँके बताउँछ ।

उसकाअनुसार बर्दिया, सुर्खेत, कैलाली, दाङबाट बाँकेमा खसीबोका आउने गरेका छन । जिल्लामा तीनसय हाराहारी मासु पसल रहेका छन् । पछिल्ला वर्षमा जिल्लाका ग्रामीण क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालन थालिएको छ ।

राप्तीसोनारी, डुडुवा, बैजनाथ, कोहलपुर लगायतका पालिका तहका गाउँका किसानले सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गर्दै आएका छन् । उद्योग बाणिज्य संघ नेपालगन्जका महासचिव चिरन्जीवी ओलीका अनुसार पछिल्लो एक वर्षयता विगतको तुलनामा भारतबाट खसीबोका आउन छाडेका छन् ।